महेन्द्रनगर,असार १८-कञ्चनपुरमा किसानहरूलाई कृषि उपकरण वितरण गरिएको छ। भीमदत्तनगरपालिकाले नगरपालिका भित्रका किसानहरूलाई बुधवार कृषि सामाग्री वितरण गरेको हो।

नगरप्रमुख सुरेन्द्र बहादुर विष्टले वडा नम्बर २, ५, ९, १९, १२, १०, १७, र ७ का किसानहरूलाई धान चुट्ने र काट्ने लगायतका मेसिन वितरण गरेका हुन्र्।

नगरपालिका क्षेत्रका विभिन्न वडाका बासिन्दालाई उपकरण वितरण ग¥यौँ नगरप्रमुख बिष्टष्ले भने। त्यसमा कृषक समूह, फर्म र व्यक्ति समेत छन।’

भीनपा १७ को हुनै नाथ कृषक समूह मल्टि प्रपज पावर टिलर दिइएको छ। धान काट्ने, चुट्ने लगायतका कार्य एकसाथ पावर टिलरबाट गर्न सकिने कृषि प्राविधिकहरू बताउँछन्।

भीनपा ७ को महेश्वर पशु तथा कृषि समूह, वडा नम्बर ६ का इन्द्रा भट्ट, १९ का कृष्णदत्त जोशी, १७ बैजनाथ कृषक समूह, दिपज्योति कृषक समूह, ९ का करन र १० लाली गुराँस महिला कृषक समूहलाई धान चुट्ने थ्रेसर मोटर सहितको मेसिन प्रदान गरिएको छ।

वडा नम्बर १२ को एकता कृषक समूहलाई धान चुट्ने थ्रेसर र धान काट्ने मेसिन दिइएको छ। वडा नम्बर ५ को ब्रजनाथ कृषक समूहलाई धान चुट्ने र १९ को एमडी फलफूल खेती तथा भैँसी पालन फर्मलाई धान काट्ने मेसिन सहयोग गरिएको छ।

वडा नम्बर २ को राष्ट्रिय कृषक समूह र ९ का सुन्दर सिंह धामीलाई कम्बाईल मिल दिइएको छ।

कृषि उपकरण वितरण कार्यक्रममा नगर प्रमुख विष्ट सहित नगर प्रवक्ता हिमाल बहादुर चन्द, कृषि विकास अधिकृत कृष्णदत्त पाण्डेय, कृषि प्राविधिक नीरज शर्मा लगायतका सहभागी थिए।

चालु आर्थिक वर्षको वित्तीय समानीकरणको बजेटमा किसानलाई कृषि उपकरण वितरण गरिएको हो।

प्रतिक्रिया दिनुस