कञ्चनपुर असार १८ ।कञ्चनपुरमा आजथप ३१ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरमा ६ महिला र २५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिकाका २२ जना, शुक्लाफाँटा नगरपालिकाका ८ जना र बेलौरी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या ३४९ पुगेको छ । तीमध्ये १५० जना अस्पतालबाट उपचार पछि भर फर्किएका छन् ।

प्रतिक्रिया दिनुस