कञ्चनपुर,असार,२९ । हलिया मुक्ति समाजको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरमा उजुरी परेको छ । मुक्क्ति हलिया समाजमा व्यापक भष्टाचार भएको नाता वाद कृपावाद हावि गर्दै वास्तविक पिडितलाई पुनस्थापना नगरी आफन्त र गैर हलियालाइ पुनस्थापना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरमा मुद्दा दायर भएको हो ।

पैसाको चलखेल गरी नक्कली हलिया खडा गरेको भन्दै वास्तविक पिडितको छानविन गरी उचित व्यवस्थापनको माग गर्दै आयोगको कार्यलयमा उजुरी परेको छ । सोमवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा हलिया मुक्क्ति समाजको नाममा उजुरी परेको सूचना अधिकारीले टोप बहादुर बिष्टले जानकारी दिनुभयो ।

हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले २०६५ सालमा लगतमा भएकाहरुलाइ भुमिसुधार मार्फत पुनस्थापना भईरहेको बताए । हलिया मुक्ति समाजमा कुनै किसिमको चल खेल नभएको गैर हलियालाई पुनस्थापना नगरेको अध्यक्ष शिवि लुहारले बताए ।

कञ्चनपुरको पुर्नवासका केहि हलिया मुक्ति परिवारले अझै सम्म पुनस्थापनाको पैसा नपाएको भन्दै भुमिसुधार कार्यालय कञ्चनपुरमा धर्ना समेत दिएका छन ।

प्रतिक्रिया दिनुस