कञ्चनपुर, असार २९ ।कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथ धरौटीमा रिहा भएका छन् । ब्रम्हदेबमा एक महिलाले महिलामाथी अभद्र व्वहार गरेको भन्दै वडाध्यक्ष नाथ बिरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणी उद्योग अन्र्तरगत मुद्दा दायर गरेकी थिईन् । न्यायाधिश गोपाल प्रशाद बास्तोलाको ईजलासमा सोमबार जिल्ला अदालत कञ्चनपुरमा भएको थुनछेक बहसपछि अध्यक्ष नाथलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधिश बस्तोलाको आदेशपछि वडाध्यक्ष नाथले धरौटी रकम बुझाएपछि रिहा भएका थिए ।

१८ असार राती अध्यक्ष बिरुद्ध ब्रम्हदेब चौकीमा उजुरी दिएसंगै १९ असार(शुक्रबार)मुद्दा दर्ता भएको थियो । वडाध्यक्ष नाथका तर्फबाट अधिवक्ता कृष्णदेव जोशी, प्रकास पाण्डेय, तिर्जराज पन्त र उमेश राज विष्टले बहस गरेका थिए । वडाध्यक्ष नाथ प्रहरीको १२ दिन हिरासतबाट मुक्त भएका छन् । उनले अहिले प्रतिकृया नदिएपनि यस अघि राजनीतिक प्रतिशोधमा फसाएको बताएका थिए । केही स्थानीयले वडाध्यक्ष नाथले सार्वजनिक जमिन संरक्षण गर्दा उनी बिरुद्ध केही समुह राजनीतिक रुपमा प्रतिशोध साट्न लागि परेको बताएका छन् ।

प्रतिक्रिया दिनुस