खगेन्द्र अवस्थी ,कैलाली असार २९ । कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानीमा मोटरसाईकल र अटो एक आपसमा ठोक्किदा मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाईकल चालक कञ्चनपुरको भिमदत्तनगरपालिकाका ४१ बर्षिय कुष्माकर जोशीको मृत्यु भएको छ । पुर्व बाट पश्चिम आईरहेको अटो र पश्चिम बाट पुर्व गईरहेको म २ प ७९७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईते भएका छन् ।

घाईते हुनेमा मोटरसाईकलमा सवार कञ्चनपुरको भिमदत्त नगरपालिकाका २ भाँसीका ४१ बर्षिय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका १ कौवाका ३५ बर्षिय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका ६ की ५० बर्षिय ढक्या चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घाईतेको सुखड स्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको प्रहरिले जनाएका छन् ।

प्रतिक्रिया दिनुस