साउन कैलाली २१ । कैलालीको कैलारी गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ ।मङ्गलवार स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे लगायत ७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अनिश्चितकालका लकडाउन शुरु गरिएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिनुभयो ।
बुधबार बसेको गाउँपालिकाको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको उनले बताए ।स्वास्थ्यकर्मीसहित क्वारेन्टाइनमा काम गर्ने व्यक्तिहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुको ‘कन्टयाक्ट’ मा आएका सबै व्यक्तिको पहिचान नहुँदा सम्म लकडाउन हुन सक्ने उनले बताए ।अहिले सम्म २२ जना सम्पर्कमा आएको अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया दिनुस