कञ्चनपुर, साउन २३ ,शिक्षण सिकाई सहयोग अनुदान शिक्षक डडेल्धुरा जिल्ला समितिले शिक्षा विकास तथा समन्वय इकार्ई डडेल्धुरा कार्यालय मार्फत शिक्षा मन्त्रीलाई ध्यानार्कषण पत्र बुझएका छन ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि सरकारले विद्यालय दिदै आएको रकम आर्थिक बर्ष शुरु हुनु अघि सम्बन्धित स्थानिय तहमा आउनुपर्ने रकम नआएकोले अनुदान कोटाका शिक्षकहरु आन्दोलित भएका छन । साउन २२ गते शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख राम दत्त भट्ट माफर्त शिक्षा मन्त्रिलाई तलव निकासाको माग गर्दै ध्यानार्कषण पत्र बुझएका हुन। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख डडेल्धुराका प्रमुख राम दत्त भट्टले अनुदान शिक्षकको रकमबारे माथिल्लो निकायमा रिर्पोटिङ्ग गर्ने र सबै स्थानिय तहसंग समन्वय गर्ने बताए ।


शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समिति डडेल्धुरा जिल्ला संयोजक केशव बहादुर साउदले माग समयमै सम्बोधन नभए थप आन्दोलितका कार्यक्रम गर्ने बताए । संयोजक साउदले थप केहि दिनमै प्रदेश मुख्य मन्त्री र सामाजिक विकास मन्त्रालयमा पनि ज्ञापन पत्र बुझाउने बताएका छन ।

प्रतिक्रिया दिनुस