गोकुल निरौला ,
कवि हरिभक्त कटुवालका कविताका हरफहरु सापटी लिँदा कुनै दिन मलाई पाठसाल गएर सिकाएका बिरताका गाथामा गएर ठोकीने गर्दछु । कबि कटुवाल हाम्रो साझमा छैनन् । हामी संगै भैदेको भए म भुई मान्छेलाई हप्काउथे होलान । उनि भन्थे होलान मेरो कबिताको बारेमा किन यति बिघ्न अनाहास लेख्ने प्रयास गरीस, त पटमुर्ख छस, त मनुवा हैनस, त भुईमान्छे छस । मलाई यस्तै सब्दले गिज्याउथे होलान र मलाई मानहानि र प्रतिलिपी अधिकारको मुद्दा लगाउथे होलान । उहाँ हामी माझ नभए पनि मैले सरकार संग आग्रहनै गरेर भन्छु सरकार मलाई कपिराईट अथवा प्रतिलिपी अधिकारको मुद्दा लगाउने प्रयास नगरीयोस । म एक र्निदोस भुई मान्छे हुँ । कवि कटुवालले धेरै कविता लेखेका छन । उनले लेखेका कबिता मध्य केहि कबिताका हरफ निम्नअनुसार छन ।

मनत फलामकै भए असल हुन्छ ।
न घात प्रतिघातमा रुन्छ,
नत सयपत्री र बाबरीले बाटो थुन्छ ।
मनत फलामकै भए असल हुन्छ ।
अर्को कबिता छ यो कबिताले देशको ईतिहास सम्झाउन । पुराना विरताका गाथा सुनेर बहुलठठीएका हरुलाई झस्काउने काम गरेको हुन्छ र यो कविताले कुरा होईन कोदालो चाहिन्छ भनेर सम्झाएको पनी छ । यो कबिताका हरफहरु निम्म अनुसार छन ।
बा पाठसाला जान्न म ,
ईतिहास पढाईन्छ त्या मरेका दिन हरुको ।
खिया लागेका कलका पुर्जाहरु जस्तै
गणितका सुत्रहरु पनि साह्रै पुराना भैसके ।
रहर छैन मलाई बाँचि दिने केवल ईतिहासका पानाहरुमा ।
मैलेत बाच्नु पर्छ आउने दिनहरुमा ईतिहासको गतिलाई उछिनिरेर ।
ईतिहास भन्दा अरु केही भएर त्यसैले बा पाठसाला जान्न म ।

म पनि आज कटुवालका कबिता लाई साँची राखेर भन्छु मेरा बा लाई आग्रह गर्दछु , बा पाठसाला जान्न म । मैले सिकेको पाठसालामा गणीतका खिया लागेका सुत्र पढाईयो र ईतिहासका पुराना पाना पढाईयो । हुनत मलाई ईतिहास पढाउने मेरा गुरु जिउदा भैदेको भए पनि यहि भन्थे गुरु मैले त ईतिहास भन्दा अरु केही भएर जानु छ , नेपालको झण्डा जलाउनु छ, शैक्षिक संस्थामा आगो लगाउनु छ, त्यसैले गुरु पाठसाला जान्न । अहिले न त हरिभक्त कटुवाल हामी माझ छन न त मलाई ईतिहास पढाउने गुरु जिउदाँ छन । छन त त केवल सत्तरी कटेका मेरा बा छन । सत्तरी कटोका मेरा बा को पनि आफ्नै ईतिहास छ । प्रजातन्त्रका लागी फिटा बाधेर नलडेपनि पञ्चाएती कालमा मेरा बाले पनि आफ्नो गक्षअनुसारको लडाई लडेकै थिए । त्यसैको हुटहुटिले होला कुसे औसिको दिन अर्थाछ भदौ ३ गते मेरा बा लाई फोन गर्दा रुनुभएको थियो । बा लाई सुनाए बा हिजो पनि हाम्रो देशको झण्डा जल्यो र खस आर्यहरुलाई सातोसराप्यो तिन पुस्ते गालि प¥यो । तपाईले पढाएको ईतिहास गलत रहे छ बा । तपाईले हिडेको बाटो पनि गलत नै रहेछ । हुनत विद्यालयमा ईतिहासनै गलत पढाईएको थिएन । पछि तत्ककालीन माआवादीको पालादेखि नेपालको ईतिहासलाई गलत ब्याख्या गरीन थाल्यो म जस्तै धेरै युवाहरुले पहिलेको ईतिहास भन्दा माओवादीको पालामा सिकाईएको ईतिहास आकास पातालको फरक देख्न थालीयो ।

म जस्तै नेपालका लाखौ युवा हरुलाई विद्यालयमा ईतिहास भन्दा फरक ईतिहासको बाटो देखाएर अन्तै मोड्यो । यो बाहिरी दुनियामा पढाईएको ईतिहासमा देशको गाथा भक्तीको गाथा भन्दा सोषणको गाथा पढाईयो र बर्सौ देखि मिलेर बसेका हिमाल,पहाड र तराईलाई अलग गर्ने निधो र कस्सा कस्सी गरीयो । हरीभत्तत कटुवाल लाई साहेद गलत सावित गरे नेपालका महान जनताले । ईतिहास भन्दा एक कदम अगाडी गएर आन्दोलन गरीयो र पाठसाला जलाईयो नेपालको शिक्षालाई बु्रजुवा सावित गरीयो । नेपालको संस्कृत विद्यालाई ब्राहमणवादी शिक्षा र अधुनिकीता तिर जादैगरेको शिक्षालाई बु्रजुवा शिक्षा भने पछि नेपाल सजिलै तिन भागमा बाढीयो । जातिएताका आधारमा राज्यको कल्पना गरीयो । विकास हुनलागेको आयोजना सामन्तीको आयोजना भन्दै जलाउने संस्कार सिकाईयो । यस्तै ईस्कुलबाट पाठसाला सिकेका हरुले नेपालको झण्डा जलाईरहेका छन ।

हुनत नेपालमा तत्कालीन माओवादीले नेपाली जनताहरुको कत्लेआम हत्या गर्ने युद्ध उत्कर्षमा पुगेका वेला संस्कृतको पठनपाठन हुने विद्यालय तथा विश्वविद्यालयमा विभिन्न खाले आक्रमण गर्यो । पाठ्यक्रममा समावेश गरिएका पाठ्यपुस्तक जलाईए, नैतिक शिक्षा लगाएत संस्कृत शिक्षा र संस्कृत पढाउने शिक्षकहरूको हत्या गर्नेसम्मको आक्रमण सस्कृतक्षेत्रले बेहोरेको थियो । माओवादीले ब्राहमण भाषा भनेको संस्कृतनै जर्मनीका १४ विश्वविद्यालयहरूमा पढाइने गरीन्छ । संस्कृत भाषालाई युरोपेली लगायत १७ भन्दा बढी देशले प्राविधिक शिक्षाका रूपमा पढाइरहेका छन् ।

माओवादी हरुले गरेको आन्दोलनमा पहिलो निसानामै सस्कृतक्षेत्रले प¥यो । जातजातीका नाममा राज्य, नेपालमै निमार्ण हुने सामाग्री लाई जातिएताको नारा दिएर निमार्ण गर्न रोक,नेपालको ईतिहासनै गलतढंगले ब्याख्या गरीयो र नेपाली युवाहरु युद्धमा हुमिए । माओवादीले संचालन गरेको युद्ध केहि सिथील हँुनै लाग्दा तराईमा आन्दोलनको सुवात भयो । तराईमा जनतान्त्रीक तराईमुक्तिमार्चा गोईत समुह आन्दोलनमा आयो । गोईत समुहले पनि पटक पटक नेपालको झण्डा जलाउने काम ग¥यो । गोईत समुह भन्दा पछि आएको सिके राउतले मधेश लाई नेपाल भन्दा अलग राज्यको माग राख्दै आन्दोलन ग¥यो र उस्को समुहले पनि झण्डानै परिर्वतन ग¥यो । नेपालको माओवादी आन्दोलनबाट जन्मेको आंकाजी सेर्पाले जनतातीहरुलाई गलत ईतिहासको ब्याख्या गदै गयो ।

सेर्पा जहिले पनि पृथिविनारायण शाहाको जन्मदिनमा शाहाकै सालिकमा गएर थुक्ने काम गरीरहन्छ । सेर्पाकै सिको बाट हिजो मात्रै मंगोल हप अफिसियल नामको युटुब च्यानल बाट यस्तै एउटा मियुजीक भिडियो बहिरीयो । उक्त भिडियो मा समेत नेपालको झण्डा, नेपालका नेता पुर्व राजाको फोटा संयुक्त रुपमा जलाएको थियो । नेपाल सरकारले अव केगर्ने छ । कुरा यति सम्म मात्र सिमित रहदैन संसदमा नक्साको बारेमा बोल्दा पद निलम्वीत गर्ने नेपालको कानुनले कलाकारको नाममा यस्तो हर्कत गर्दा के गर्ला हेर्न भने बाकीनै छ ।

हुनत आफैले निमार्ण गरेको सम्वीधान जलाउन बनबुराम मधेश गए । जातिएताको आन्दोलन भड्काउ गर्ने रामेश्वर राय यादब हाल मन्त्री छन रायले पनि सर्लाहि जिल्लाको हरीवनमा नेपाली टोपीलाई पहाडीयाको भन्दै जलाएका आरोप लोको थिए । हुनत नेपालि झण्डा आज भन्दा ५८ बर्ष पहिले आधिकारीक निर्माण गरीएको थियो । नेपालको राष्ट्रिय झण्डाको आधिकारिक डिजाइन आर्किटेक्ट शङ्करनाथ रिमालले २०१८ सालमा बनाएका थिए । हामिले धेरै कुरा परिर्वतन गरेका छौ । राष्ट्रगान परिवर्तन गरेका छौ । पहिले श्रीमान् गम्भिर नेपाली नेपालको पुरानो राष्ट्रिय गान हो ।

अहिले राष्ट्रगान अमर गुरूङ्गले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान “सयौँ थुङ्गा फुलका हामी।“ भएको छ । १९६२ देखि अपनाइएको श्रीमान् गम्भिर नेपाली गीत तत्कालिन नेपालको राजा र राष्ट्रको निम्ति समर्पित थियो भने “सयौँ थुङ्गा फुलका हामी बोलको गित समर्ग्र नेपाली प्रति समर्पित छ । नेपालमा जातजाती धर्म लिंग मिलेर बनाएको ईतिहासलाई गणतन्त्र पछि छरपट्ट छरीएका एनजीओ र आईएन्जीयोले पाठ पढाएपछी सदभाव विथोलि रहेको छ । जातियताका नाममा खुलेका एनजीओले नेपालको ईतिहास जहिले पनि गुमनामनै राख्न खोजे जस्को परीणम आज पटक पटक नेपालमै नेपालको झण्डा जलिरहेको छ । नेपालको झण्डा सनातन धर्मावलम्बी हिन्दूहरूको मान्यताअनुसार छत्र छाता, ध्वज ध्वजा वा झ्ण्डा, चामर चमर वा पङ्खा र कार्मुक धनु सनातनदेखि नै राष्ट्र वा राज्यका राजकीय प्रतीक वा चिह्नका रूपमा चिनिँदै आएका हुन् ।

तर गणतन्त्र पछि खुलेका जातिय आईएन्जीओको भनाई अनुसार आफुलाई मंगोल भनेर चिनाउने हरुलाई यो झण्डा स्वकार्य नभएको भन्दै आक्रोसित छन । यो झण्डामा मंगोलिएन हरुको आफनत्व नपाए पछि संविधानमा मधेशवादी दलले अपनत्वो नपाएपछि के देशको अखंडता रहिरहला त रु आन्तरीक मत भेद हुनु स्वोभाविकै भएपनि नेपालको जमिनमा नेपाली झण्डा जल्नु स्वोभाविक नहोला । धैरै आन्दोलनले परीर्वतन गरेर ल्याएको नेपालको संविधानले के यसरी झण्डा जल्दै जानेहो भने आफ्नो अखंडता कायम राख्दै विककास गर्न सक्ला त रु के जनताका मनमा एक आपसको सहिशुर्णता कायम राख्न सक्लात ? धेरै टाढाको कुरा नगर्दै हिजो सार्वजनिक भएको म्युजीक भिडियोमा भनेका सब्दले के नेपाली समाजको सामाजीक सदभाव खलवलियला त रु यस्ता प्रस्नै प्रस्नले हिजोआज नेपाली जनताको मन प्रसित भएको छ । फेरी पनि हरिभक्त कटुवालका यिनै हरफ ।

जहिले पनि जलेकै छ जता पनि ढलेकै छ ।
मनको बह कसैसित नकह ।
कस्ले बुझ्छ, कस्ले सुन्छ । मनत फलामकै भए असल हुन्छ । कानुनको अगाडी कानुनकै धज्जी डुडाउनेलाई कानुनि दायरामा ल्याउन नसकेको सुन्नु भन्दा कटुवालले भनेको कबिता जस्तै मन त फलामकै भए असल हुन्छ ।उज्यालो नेपालबाट सभार

प्रतिक्रिया दिनुस