दिपेन्द्र शिह ऐरी , आज भन्दा धेरै पहिले मुलुकमा कुनै बेला राजाप्रजाहरुले शोषण गरेको प्रष्ट छ । अहिले संघिय गणतन्त्र आयो भनेर जनतामा भ्रम सृजना गरिएको छ । त्यो पुरानो राजाप्रजा र पन्चेहरुको सरकार भन्दा एकदमै फरक दादागिरी शैलीमा जनस्तर सम्ममा जनतालाई त्रसित बनाउने गरी वर्तमान नेकपाको केन्द्रिय दुई तिहाई सरकार प्रदेश सरकार र स्थानीय तहको सरकार बनेको छ ।

तर हामि असल क्रान्तिकारीहरुले यो दुई तिहाई सरकार हैन दलाल कमिसन खारले लिप्त रहेको, ‘दुई दलालहरुको सरकार भनेर विश्लषण गरेका छौं । प्रचण्ड र केपी ओली प्रतिक्रान्तिको अन्तिम तुहाई भनेर विश्लेषण गरेका छौं ।’ प्रचण्डलाई जंगलबाट सिंहदरबारसम्म पुगाउनमा सबै नेपाली जनताले अहमभुमिका निर्वाह गरेका थिए भने झापा बिद्रोहबाट लुकिलुकी सिंहदरबार पसेको झुसेबिरालोलाई एउटा सिगों राज्यको राजा बनाईएको छ ।

तर बिडम्बना त्यसको परिणाम आज नेपाली जनताले यस्तो पाए कि आकंलन नै गर्न नसकिने । महासचिव कमरेडले भनेझैँ केपी प्रचण्डहरुको वाम गठबन्धन हैन की दाम गठबन्धन हो” भनेर । ठिक यो कुरा नै लादिएको जता हेर्यो यिनीहरुलाई आर्थिक नै आर्थिक बार्गेनिङमा खटनपटन नमिलेको पाईन्छ तैले त २०५ को दरले लिईस भने मलाई त अलि कम नै आयो प्रसेन्ट भन्ने कुराको सरकारी नेकपाको हरेक तहको कमिटीहरुमा पेचिलो आन्तरिक लडाई रहेको पाईन्छ तर यि लाल गद्वारहरुलाई नेपाली जनता र नेपालको राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको यि तिनै कुरा एकदमै संकटमा रहेको प्रस्ट नै छ ।

राष्ट्रियताको सवालमा :

हाम्रो देशका चौतर्फी सिमानाहरु अतिक्रमणको चपेटामा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका कञ्चनपुरको पुर्नवास, गड्डाचौकी र ब्रम्हदेवको भुभागहरु पनि झनझनै मिचिन आटिएका छन् तर स्थानिय तहको सरकार भने मौन छ । मुलुक कोरोना महामारी (कोभिड १९) कोरोनाले तहसनहस पारिरहेको बेला उल्टै राष्ट्रघाती सम्झौता एमसिसी “मेलिनियम च्यालेन्ज कर्पोरेसन” को चिन्ता पर्न गयो यि दलालहरुमा र राष्ट्रघाती सम्झौताहरुका विरुद्ध हाम्रो पार्टीले देशब्यापी सार्वजनिक गरेका संघर्षका कार्यक्रमहरु कसरी तहसनहस पार्ने र पार्टीका नेताकार्यक्रताहरुलाई गिरप्तार पार्ने षडयन्त्र रच्न थाले सेती महाकाली ब्युरो ईन्चार्ज कमरेड ओम पुन लगायत दार्चुला जिल्ला र केहि अन्य जिल्लामा पनि गिरप्तार गरी झुटा मुद्धा लगाई फसाउने खेल मात्रै चलिराख्यो । तर हाम्रा प्रधानमन्त्रीले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको डरैडरले अनाथ प्रधामन्त्री खडग प्रसाद ओली “केपी” जिले नक्सा सार्वजनिक गर्न नसक्ने अवस्था थियो तर हाम्रो पार्टी लगायतका अन्य राजनीतिक दल र अनेकौँ बुद्विजिवी देशभक्ति भावना भएका सम्पूर्ण नेपाली जनताहरुको चौतर्फी दबाव आएका कारणले नक्सा पनि सार्वजनिक गरे । हो, राष्ट्रियताको सवालमा हाम्रो पार्टी बुलन्द अवाज उठायौं र हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएको अवस्था पक्कै हो ।

जनतन्त्र :

जनतन्त्र भन्नाले जनताको जनताको शाषण प्रणाली भन्ने बुझिन्छ कहाँ छ यहाँ नेपाली जनताको शाषण सत्ता यहाँ त दलाल नोकरशाही पुजिपति सम्राज्यवादीहरुबाट सञ्चालित सरकारी आन्तरिक गद्वारहरुको मात्रै शाषण प्रणाली हावी छ । यदी नेपाली जनताको शाषण सत्ता भए खै त कञ्चनपुर जिल्लामा निर्मला पन्त बहिनी र कैलाली जिल्लामा माया विक बहिनीहरुले न्याय पाएको उल्टै न्यायको खोजीमा आन्दोलनमा उत्रिएका सुनि खना जस्ता भाईहरुले ज्यान गुमाउन बाध्य बनायौ र कयौं घाईते अपाङ्गको जिवन बिताईरहेका छन् । के यही हो त जनतन्त्र भनेको केपी ज्यू

जनजिवीका :

जनजिवीका भनेको जनताको जिवनमा आवश्यक पर्ने हरेक कुराहरु हुन्, शिक्षा, स्वास्थ्य, सञ्चार, यतायात, खानेपानी, हिड्ने बाटो, रोजगार जस्ता अन्य कुरा जनताको जिवन स्तरमा दैनिक प्रयोगमा आउने कुराहरु भनेर बुझिन्छ । तर जनाताको जिवन स्तर एकदमै कहालि लाग्दो छ ।
शिक्षाको नाममा ब्रम्हलुट मच्चाईरहेका छन् शैक्षिक माफियाहरु, स्वास्थ्य क्षेत्र एकदमै घतलाग्दो बनेको अहिलेका स्वास्थ्य चौकीहरुमा न त दक्ष अनुभवहरु भएका चिकिसत्क नै पाउछन् न त कुनै बिरामी हुदा औषधी नै केवल पाईन्छ त नातावाद हावी स्वास्थ्य चौकीका ईन्चार्ज मेयर या अन्य तथाकथित प्रतिनीधीहरुका छोराछोरी ज्वाई जेठान भान्जा भान्जी पर्ने ईष्टमित्रहरु र राज्यको रकम चरम दुरुपयोग तर स्वास्थ्य सेवाको नाममा सुन्य छ,

सञ्चारस्( देशको एउटा महत्वपुर्ण अंग हो सञ्चार पनि हो तर गरीबहरुलाई कुनै पनि सेवा सुबिधा छैन ग्रामिण भेगहरुमा नेटवर्क नै काम नगर्ने कल भने भि आई पि पाईन्छ एकदमै महंगो । तर
यहाँ त एनसिएल जस्ता मलेसिया र भारतबाट सञ्चालित भ्रष्ट कम्पनीहरु राज्यमा अर्बौं पैसा नतिर्ने सञ्चारका माध्यमहरु छन्,

यतायातको लागि सडक :
ग्रामिण क्षेत्रमा सडकको अवस्था हेर्ने हो भने वास्तविक सडक काटिएको पाईने भनेको पुगअपुग एक मिटर पाईन्छ बाकी भने माथि काटिएको छिर्विरेमाटो तल काठ बिछाएर माथि माटो पल्लो गाउँको डाँडामा स्कुल क्याम्पस छन् भने वल्लो गाउँमै बाटो टुङ्गिएको उता जान बाटो नै अलमलमा परिने छ ।

खानेपानीस्( मानवजिवनमा खानेपानी नभई नहुने हुन्छ तर यहाँ मेलम्ची खानेपानीका योजनाहरु त वर्षौंदेखि यथावत छन् एउटै पानीको धारामा एउटाका तिस चालिस परिवारले पानी भर्नुपर्ने अवस्था हुन्छ भने तर यि दलाल नोकरशाहीहरुको चर्पिकोठामा पानीको धारा भान्सा कोठामा पानीका धारा पाईन्छन् तर निमुखा गरिबहरु भने पिउने पानी नपाएर छटपटाईरहेका छन् । हो नेपाली जनताको पार्टीले नेपाल कम्युनिष्ट पार्टीले यिनै राष्ट्रियता, जनजिवीका र जनतन्त्रको विषयमा हामीले जनताहरुको साथ लिएर तिमीहरुको यो दलाल संसदीय ब्यवस्था नै खारेज गरेर वैज्ञानिक समाजवादको स्थापना गर्छौ भन्ने खुलेआम धावा बोलिरहेका छौं र ब्यवहारमा पनि लागु गरिराखेका छौं । तिमीहरुले सहीसक्नु भएन अथाह पोल्यो र कहि हामी पछि त लखेटीने हैनौ भन्ने एउटा ठुलो संकट मच्चिएको छ वर्तमान संसदीय ब्यवस्थाका प्रतिनीधीहरुमा त्यही डरले । नेपाली जनताको जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको विषय हो यसलाई सैद्धान्तिक दृष्टिकोणबाट हेर्ने हो भने
प्रतिबन्ध भन्नाले के बुझिन्छ भने एउटा वर्गहितमा उभ्याएको राज्य भित्र वर्गसंघर्ष चलिरहेको समाज भित्र अनि वर्गको नेतृत्व गरिरहने प्रबृतिहरुको बिचमा निरन्तर एउटा प्रक्रिया हो प्रतिबन्ध भनेको ।यो वर्ग सत्ताको अन्त्येष्टी नहुदासम्म चलिराख्ने कुरा पनि हो ।
यो प्रतिबन्ध राज्यको हालीमुहाली गरिरहेका केही शाषकहरुले लगाएको पाचौं पटक हो । यो भन्दा पुर्व
१)राणाहरुले प्रजातान्त्रिक आन्दोलनमा प्रतिबन्ध लगाए,
२)पञ्चायत ब्यवस्था आउदाखेरी आम कम्युनिष्ट र कांग्रेसीहरु माथि प्रतिबन्ध लादेका थिए,
३)त्यसपछि गएर २००८ मा कांग्रेसहरु लागेर कम्युनिष्टहरुमा प्रतिबन्ध लगाएकै हुन्,
४)त्यसपछि आएर जनयुद्व गरेको आरोपमा भुपु कमरेड प्रचण्डले जनयुद्वको नेतृत्व गरिराखेका बेला प्रतिबन्ध लगाएर टाउकाको मुल्य पनि त तोकेका हुन नि१ अनि वर्तमान अवस्था र राज्यको परिवेशलाई हामीले आकंलन गर्दाखेरी पार्टी महासचिव कमरेडले तय गरेको कार्यदिशा एकिकृत जनक्रान्ति (गउच)अहिलेको राज्य परिवेश अनुसार मुल्याङ्कन गर्ने हो भने त हदैसम्मको वास्तविक छ त ।

एकिकृत जनक्रान्ति भन्नाले त यहाँ बाहिर र अन्य दलका केहि साथीहरुले युद्व नै बुझेका छन् तर क्रान्ति भनेको त ब्यवहारिक हिसाबले बुझ्ने हो भन्दा त परिवर्तन हो । हामीले त वर्तमान संसदीय ब्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने कडा माग दर्साएका हौं र नेपाली जनताको हितमा न्यायपुर्ण क्रान्ति अथवा परिवर्तन आवश्यक पनि छ । तर न्यायपुर्ण ढंगले नमानेर अहिले राज्यले जनयुद्वको झल्को दिने झैँ गरी कडा ढंगले युद्वको बिगुल फुकिरहेको देखिन्छ । फेरी हाम्रो लडाई भनेको नै अहिले पुजिवादी दलाल संसदीय ब्यवस्था संगको हो । यो कुरा सबैले बुझ्नु पर्ने कुरा हो । हामीले सेना प्रहरी दाजुभाईहरुसंग त पटकपटक भनि नै राखेका छौँ त।तपाईहरुसंग हैन है यो लडाई तपाईहरुलाई त केवल हामीसंग राज्यले जुधाउने काम मात्र गरिराखेको हो । यो कुरा तपाईहरु बुझ्नुस भनेर सबैमा अपिल गर्दै आएका कुरा हुन् र यो राज्य ब्यवस्थाले सेना प्रहरी जस्तै अन्य देशभक्त भाव भएका सबैमाथि आर्थिक प्रलोभन देखि ल्याएर नैतिक भौतिक सबैखालका प्रलोभन देखाईरहेको छ । र हामी भनिराखेका छौँ आदरणिय जनसमुदायहरु तपाईहरु वर्तमान “दलाल संसदीय ब्यवस्थाको भ्रममा नपरेर एकिकृत जनक्रान्तिको कार्यदिशामा आवद्ध बनौं । लेखक प्रतिबन्धित नेकपा का युवा नेता हुन ।

प्रतिक्रिया दिनुस