काठमाडौं असोज १९ । नेपालमा एक महिलाले एकैपटक पाँच जना शिशुहरुलाई शल्यक्रियामार्फत् जन्म दिएकी छिन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले थापाथलीस्थित परोपकार प्रसुति गृहमा ५ वटा शिशुलाई जन्म दिएकी हुन।

ती मध्ये चार जना जीवित रहेको र एक जना शिशुको गर्भमै मृत्यु भइसकेको शल्यक्रियाका नेतृत्वकर्ता डा. किर्तिपाल सुवेदीले बताएका छन।अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशुको जन्म भएको हो।

डा. सुवेदीका अनुसार जीवित जन्मिएका ४ शिशुलाई एनआईसीयूमा निगरानीमा राखिएको र उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको बताएका छन्।नेपालमा एक महिलाले एकै पटकमा ५ बच्चा जन्माएको नगन्य केस हो भन्दै डा सुवेदीले नेपालमा चार जनासम्म बच्चा एउटै महिलाले जन्माएको रकेर्ड रहेको पनि जानकारी गराए।

प्रतिक्रिया दिनुस