हरिलाल जोशी,
कैलाली,असोज, १९ । प्रायःगरिबको चपेटामा परेका परिवारहरुको समस्या सबैलाई थाहा नै छ । तिनिहरुलाई सामान्य बिरामी भएमा आफ्नो घर जग्गा बेचेर पनि उपचार गर्न नसक्ने कुरा सर्व विदित्तै छ ।यस्तै समस्यामा छन् अहिले कैलालीको गोदाबरी नगरपालिका–७ ,लालपुर तेकुलाका बाह्र वर्षिय बालक प्रकाश जोशी , उनलाई यो कलिलो उमेरमा नाक,कान र घाँटीमा स्मल ट्यूमर नामक प्राणघातक रोगको आक्रमणबाट ग्रसित बनाएको छ ।

उनको विगत चार महिनादेखि विपि कोईराला मेमोरियल हस्पिटल ,चितवनमा उपचार भईरहेको छ । उनको उपचारका लागि करिब १० लाख खर्च लाग्ने डाक्टरले जनाएको छ । तर उनको न्यून पारिवारिक आर्थिक अवस्थाका कारण तोकिएको आर्थिक जुटाउन नसक्ने हुँदा उनी जिवन र मृत्युसँगको दोसाधमा छन् ।

उनी अहिले आफ्ना आफन्त र सहयोगी मनहरुलाई यतिबेला म दुखीको ज्यान बचाई दिनुस भन्दै अस्पतालको बेडबाट गुहार्दै आएका छन् । उनको परिवारमा आठ जना सदस्य छन् ।जसमा चार दिदि , एक भाई ,आफु र बुवाआमा छन् । उनको अचल सम्पत्तिका नाममा घरबास दश धुर ऐलानी जमिन मात्रै छ । उनको परिवारमा आमाले अरुको अधिया खेतिपाती र बुवाले भारतको पंजाबमा ज्यालादारी मजदुरी गरि जिवन गुजारा गर्दै आएका थिए । उनलाई यस्तो प्राणघातक रोगले आक्रमण गरेपछि उनका बुवा लकडाउनको समयमा भारतबाट घर फर्किए । अहिले बेरोजगारी घरमा छन् । उनका बुवा पनि वर्षौ देखि टाउकोका बिरामीले ग्रसित छन् ।
“आर्थिक अवस्था कमजोरकै कारण आफ्नो उपचार गर्न सकेन”प्रकाशका बुवाले रुदैँ भने “ भगवान पनि कति निर्दयी रैछन मै माथी चोट दिए ।”एकदमै न्यून आर्थिक अवस्थामा जन्मिएका प्रकाशलाई अचानक प्राणघातक रोग देखिएपछि अहिले उनको परिवारमा ठुलो विपत्ति आईलागेको छ ।

प्रकाशका बुवाआमा यतिबेला छोराको उपचारका लागि आर्थिक जोहो गर्न प्रत्येक सहयोगी व्यक्ति र दातृ निकायहरुमा बौलाहा झै बरालिदैँ सहयोगको अपिल गर्दैछन् ।स्मल ट्युमरले प्रकाशको हड्डीमा असर नगरेका कारण डाक्टरले उनलाई डेढ वर्ष सम्म नियमित अस्पतालको निगरानीमा उपचार गर्नुपर्ने बताएका छन् । छरछिमेकी र विभिन्न समुहबाट चार लाख ऋण निकालेर अहिले सम्म उपचार गरे तर अब आर्थिक अभावले छोरालाई बचाउन सक्दिन भन्दै गह भरि आँशु निकाल्दै उनकी आमाले सबैले सानो सानो सहयोग गरेर छोराको ज्यान बचाई दिनुस भन्दै अपिल गरेकी छिन् ।
उनको पिडामा मलम पट्टी लगाउन सहयोग गर्न चाहनु हुन्छ भने एभरेष्ट बैंक लिमिटेडमा प्रकाशकी आमा दुर्गादेवि जोशीको नाममा रहेको खाता नम्बर ०१११०५०१२०५९१४ मा सहयोग गर्न सक्नुहुनेछ । उनलाई सहयोग गर्नका लागि रितिका जोशी दिदि , ९८२२६२००६५ , आमा ९८२५६२७२४५ ,अंकल ९८०६४५६०२६ ,गणेश साउँद ९८१२६३३९२६ मा सम्पर्क गर्नुहोला । तपाई हाम्रो सानो सहयोगले यी बालकको ज्यान बचाउनमा ठुलो मद्धत पुग्ने छ ।

प्रतिक्रिया दिनुस