कञ्चनपुर असोज २० । बैतडीको डिलाशैनी गाउँपालीका वार्ड नम्बर १ मा एक जोडी केटा केटी बीचको अनैतिक सम्बन्ध सामाजिक सञ्जाल भाईरल भएको छ ।डिलाशैनी गाउँपालीका एक नानाराका दाई र बहिनी नाता पर्ने ति दुवैको अनैतिक यौन सम्बन्ध रहेको खुल्न आएको छ । दुवैले पहिले देखि सम्वन्ध हो वा बलात्कार गरेको हो यो वारे दुवै पक्षका अभिभावक गुप चुप गराएर मिला पत्र गरेको छ ।

अनैतिक सम्बन्ध रहेको जोडी लाई डिलाशैनी गाउँपालीका प्रवक्ता तथा वार्ड नम्बर १ का अध्यक्ष अक्कल बहादुर राना लाई पनि सामाजिक सञ्जालमा आरोप लागेको छ । समाजमा यस्ता अनैतिक सम्बन्ध राख्ने लाई कानुनी कारबाही हुनुपर्नेमा मिला पत्र गर्नु गैरकानुनी भएकोले समयमै यस्ता घटना गर्ने लाई कानुनी कारबाही हुन जरुरी रहेको छ । केटी केटी जोडीको उमेर१८ र २० बर्ष रहेको स्थानिय बताउनुभयो यस्ता लाई तत्काल कानुन अनुसार कारवाही हुनु पर्ने स्थानियले माग गरेका छन ।

वार्ड अध्यक्ष अक्कल बहादुर राना लाई यस बिषयमा सम्पर्क गर्दा उनले मलाई लगाएको आरोप निराधार रहेको बताउनुभयो । केटाको घरमा वार्ड कार्यालय रहेको छ हामीलाई झुटो आरोप लागेको हो उनी हरूको सानै उमेरदेखि सम्वन्ध रहेको बुझिन आएको वार्ड कार्यालयमा कुनै किसिमको निवेदन दिएको छैन दुवैका आफन्तले मिला पत्र गरेको भन्ने छ यस बिषयमा हामी बुझ्दै छौ खास कुरा के हो भन्ने बारे हामीलाई पनि जानकारी छैन वार्ड अध्यक्षले प्रलोभन देखाएर मिला पत्र गरेको कुरा झुटो हो यसमा वार्ड कार्यालयले आजै प्रेस विज्ञप्ति जारी गरेर पत्रकार लाई जानकारी गराउने बताउनुभयो ।

अहिले अनैतिक सम्बन्ध राख्ने केटा काठमाडौ रहेको खुल्न आएको छ भने केटी महेन्द्रनगर रहेको समाचार स्रोतले जनाएको छ ।स्थानीय बिरेन्द्र बहादुर रानाले यो पुरानो ३ बर्ष पहिले घटना यो यस्मा वार्ड अध्यक्ष रानाको कुनै पनि संलग्नता नरहेको बताउनुभयो कसैले राजनीतिक स्वार्थका लागि गरेको प्रपञ्च रहेको बताए भाईरल भएका योन जोडी केटा केटी उमेरका फोटा खिचेका रहेछन अहिले घटना नभएको बताए ।

प्रतिक्रिया दिनुस