कञ्चनपुर असोज २० । कञ्चनपुरको महाकाली नगरपालिकामा रहेको सीमावर्ती गाँउ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल(एसएसबी)बिच सीमा बिदाद चलेको छ ।
मंगलबार बिहान महाकाली नगरपालिका ८ सुन्दरनगर दशगजा क्षेत्रको सडक उपभोगको विषयमा एसएसत्रीले विवाद झिकेको हो । सडक अवरोध गरेपछि नेपाली स्थानीय बिरोधमा उत्रेका छन् । एसएसबीको ज्यादती भन्दै स्थानीयले बिरोध गरेका छन् । स्थानीयका अनुुसार कहिले सीमा, कहिले सडक केही न केही विषय अघि सारेर एसएसबीले सो क्षेत्रमा विवाद झिक्दै आएको छ ।

एसएसबी र स्थानीय विच विवाद बढ्दै गएपछि झडपको अवस्था सृजना भएको छ । घटना स्थलमा जनप्रतिनिधी, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका सुरक्षा निकायले घटना बारे बुझिरहेका छन् । एसएसबीले जहिले पनि विवाद झिक्दै आएको स्थानीय पदम बहादुर पुनले बताए । विवादको विषयमा दुवै देश(नेपाल–भारत)का सुरक्षाकर्मी सहित स्थानीयविच छलफल भएको थियो । सीमा क्षेत्रमा अव उपरान्त विवाद नझिक्ने प्रतिबद्धता गरिएपनि एसएसबीको विश्वास नभएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुस