कञ्चनपुर, असोज,२३ । कञ्चनपुरको बेलौरी नगरपालिकामा कार्यरत तिन जना कर्मचारीमा कोरोना संक्रमण दिखिएको छ । कोरोना संक्रमण देखिए पछि नगरपालिका एक हप्ता सम्मका लागि बन्द गरिएको छ ।
बेलौरी नगरपालिका कार्यालयमा कार्यरत तीन जना कर्मचारी र अन्य थप ३ जना गरी जम्मा ६ जनामा शुक्रबार कोभिड १९ संक्रमण देखिएपछि यही असोज २३ गते देखि २९ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरिएको बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीले बताउनु भयो ।
उहाँका अनुसार, संक्रमित व्यक्तिहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको समेत स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने भएकोले थप संक्रमणको जोखिम न्युनीकरण गर्न नगरपालिका कार्यालय र मातहतका सबै वडा कार्यालय २९ गतेसम्मका लागि बन्द गरिएको हो । बेलौरी नगरपालिकाले जनस्वास्थ्यका मापदण्ड पालना गरी आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्न नगरवासीलाई अनुरोध समेत गरेको छ ।