मुलुृक भर सोमबार कोरोना भाइरसको संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ। कैलालीमा २, कास्कीमा ४ जना, काठमाडौंमा ३ जना, मोरङ, सुनसरी र रुपन्देही २ –२ जना, झापा, इलाम, उदयपुर, सिराहा, रामेछाप, ललितपुर, भक्तपुर, नुवाकोट, चितवनमा १ र १ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन्।
२५ सय ७१ संक्रमित थपिए
पछिल्लो २४ घन्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन्।
नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ जना रहेको छ। पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। हालसम्म पीसीआर विधिबाट १५ लाख ५१ हजार २ सय ५४ परीक्षण भएका छन्।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना छन् भने ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए।