सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपल डा। भूपेन्द्र सिंह बिस्ट डिस्चार्ज भएका छन्। कुटपिटमा संलग्न पिन्सीपल बिस्टको हातको औला छेदन भएपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो।
अस्पताल भर्नाको दोस्रो दिनमै उनी डिस्चार्ज भएको महाकाली अस्पतालका मेसु डा। हरिकुमार श्रेष्ठले जानकारी दिए। प्रिन्सिपल बिस्ट र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका स्वकीय सचिव नवराज ऐर बिच गत बुधवार कञ्चनपुरको महेन्द्रनगर स्थित होटेल मेघामा भनाभन भएको थियो।
मादक पदार्थ सेवन गरेका उनीहरूबिच एक आपसमा भनाभन भएपछि अग्निका स्वकीय सचिव ऐरले प्रिन्सिपल बिस्टको औँलामा टोकेर दुई टुक्रा पारिदिएका थिए, भने प्रिन्सिपल विष्टले ऐरको कानमा टोकेका थिए। ऐरको कानमा टाँका लागेका छन्।
प्रतिक्रिया दिनुस