जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पहाडी भू–भागहरुमा आंशिक बदली रहेपनि अन्य भूू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ। महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली छैन।

शनिबार दिउँसो सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागहरु र प्रदेश नं। १, गण्डकी प्रदेश आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य वदली तथा गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली र सुदुर पश्चिम प्रदेशका एक दुइ स्थानमा फाटफुटरहल्का बर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया दिनुस