फाइल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने भएको छ । पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार ४ बजेलाई बैठक बोलाएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

पार्टी महासचिव विष्णु पौडेलले पनि भोलि ४ बजे बालुवाटारमा बस्नेगरी बैठक आह्वान भएको जानकारी दिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भएको हो कि होइन बुझ्न बाँकी रहेको बताए । प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार सचिवालय बैठक बोलाएका थिए ।

गत शनिबार बहुमत सचिवालय सदस्यहरूले लिखित पत्र बुझाउँदा पनि प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएका थिएनन् । विधानको धारा ५९ ९४० अनुसार महासचिव विष्णु पौडेललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताउँदै आएका थिए । अन्ततः ओली बैठक बोलाउन राजी भएको नेकपाका नेताहरू बताउँछन्।

प्रतिक्रिया दिनुस