पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भीमप्रसाद गौतमको निधन भएको छ। तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्लेका गौतमको आज बिहान चितवनमा निधन भएको जनता समाजवादी पार्टी ९जसपा० का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटमा उल्लेख गरेका छन्। उनी जसपा केन्द्रीय सल्लाहकार समितिको अध्यक्ष थिए।

गौतम १५ दिनदेखि अस्वस्थ थिए। निमोनिया भएपछि अस्पतालमा उपचार गरेर अहिले घरैमा आराम गर्दै थिए। गौतम यसअघि कम्युनिष्ट पार्टीमा संलग्न थिए। उनी संविधानसभा सदस्य पनि थिए। जसपा संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गौतमको निधनले पार्टीलाई गम्भीर क्षति पुगेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुस