बैतडी सिमानाका बाट प्रहरीले १३ लाख बराबारको भन्सार छलिका सामान बरामद गरेको छ। बन्दाबन्दीको अवधि तथा सीमा नाका बन्द रहेको अवस्थामा हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद गरिएको हो। सीमा नाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याइएको १३ लाखको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रहरी प्रवक्ता जनक बहादुर धामीले जानकारी दिए।

बरामद गरिएको सामग्रीमा बढीजसो भारतीय बिँडी, चप्पल, कपडा रहेका जनाइएको छ। प्रहरीले सामानका साथै नौ जना र एक गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्ति, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुस