कञ्चनपुर २९, कार्तिक–कैलालीमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका दुई विद्यार्थी नेता पक्राउ परेका छन्। प्रतिबन्धित नेकपा निकटका विद्यार्थीनेतालाई कैलाली प्रहरीले  बिहीबार गेटा आँखा अस्पतालबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जनक विष्ट र विवेक भट्ट रहेका छन्।
रिहाइको माग
उता नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनले भने विना कारण पक्राउ गरिएका उनीहरूलाई तत्काल रिहाइको माग गरेको छ। शुक्रवार साँझ विज्ञप्ति जारी गर्दे तत्काल रिहाइ नगरे थप सङ्घर्षमा उत्रने चेतावनी दिएको हो।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका (क्रान्तिकारी) का अध्यक्ष सुवास किरण जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गिरफ्तार विद्यार्थीमाथि लगाइएको झुटा मुद्दा खारेजगरि तत्काल स–सम्मान रिहाइको माग गरिएको छ। अन्यथा अभिव्यक्ति स्वतन्त्रता हनन गरिएको भन्दै न्यायालयको सहारा लिइने समेत जनाइएको छ।
प्रतिक्रिया दिनुस