कञ्चनपुरका एक युवकको भारतीय दुधुवा नेशनल पार्कमा गोली लागेर हत्या भएको आशङ्का गरिएको छ। जिल्लाको पुर्नवास नगरपालिका –५ का ३५ वर्षीय शिवलाल रानाको दुधुवा नेशनल पार्कमा छातीमा गोली लागेको अवस्थामा मृत शरीर फेला परेको हो।

प्रहरीको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए। मृतकका आफन्त पनि घटना स्थलमा पुगेकाले एम्बुलेन्स मार्फत पोस्टमार्टमका लागी शव हस्पिटलमा ल्याउने काम भइरहेको उनले बताए। उनले शवको प्रकृति हेर्दा छातीमा गोली लागेर मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको बताए।

मृतक राना पुर्नवासको उदरी गाउँका बासिन्दा हुन्। उनी बुधवार दिउँसो ३ बजे मात्रै घरबाहिर निस्किएका थिए। भारतीय प्रहरीका अनुसार उनी सिकार खेल्न जङ्गल छिरेका थिए।

भारतीय प्रहरीलाई उद्धृत गर्दे पुर्नवास प्रहरीले मृतक चौधरी सिकार खेल्न जङ्गल छिरेको समयमा गोली लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धान गरिएको जनाएको छ। तर मृतकका परिवारले भने काम विशेषले शिवलाल बाहिर गएको जनाएका छन्। परिवारले हत्या गरिएको आशङ्का व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुस