देशभर पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप २ हजार ८५८ जना निको भई डिस्चार्ज भएका छन् । बिहीवार थपिने कोरोना संक्रमितभन्दा निको हुने धेरै रहेका छन् ।

हालसम्म देशभर कूल २ लाख १५ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ लाख ८५ हजार ६३८ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । हाल देशभर २८ हजार १०६ सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाले थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ ।

प्रतिक्रिया दिनुस