चुनावी नतिजालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तुष्टि जनाउँदै आएको बेला उनको पार्टीको भने सकारात्मक प्रतिक्रिया आएको छ। नयाँ सरकार बनाउन सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लिकन पार्टीका एक शीर्ष नेताले बताएका छन्।
रिपब्लिकन पार्टीका शीर्ष नेता तथा सिनेटर मिट्च क्याककोनले कानुनी व्यवस्था र निर्धारित समयअनुसार नै सत्ता हस्तान्तरण हुनेमा ढुक्क रहन आह्वान गरेका छन् । ट्रम्पले जो बाइडेनलाई समयमै सत्ता हस्तान्तरण नगर्ने हो कि भन्ने चिन्ता र चासो अमेरिकामा व्याप्त रहेका बेला उनको यस्तो धारणा आएको हो।
प्रतिक्रिया दिनुस