पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस (कोभिड(१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख २४ हजार ७८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना सङ्क्रमणमुक्त भएको छ । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर १७ हजार ८५९ सक्रिय सङ्क्रमित छन् ।
प्रतिक्रिया दिनुस