कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ४ जनाको परीक्षण गरिएकोमा थप २६ जनामा सङ्क्रमण पुष्टि भएको हो।
सङ्क्रमण पुष्टि हुनेमा बेलौरी नगरपालिकाका वडा नखुलेका ३४ र ७३ वर्षीय दुई पुरुष र लालझाँडी गाउँपालिका –१ का २६ वर्षीय एक पुरुष रहेका छन्।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका एक महिला र १६ पुरुष गरी १७ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै कैलालीकै लम्किचुहा नगरपालिकाका ४ पुरुष, कैलारी गाउँपालिका र गोदावरी नगरपालिकाका १–१ गरी २ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुस