सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११० जनाको नमुना परीक्षण गर्दा कञ्चनपुरका ७ जना सहित थप ४२ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिका, महाकाली नगरपालिका र पुर्नवास नगरपालिकाका २–२ जना र बेलौरी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।

उनका अनुसार कैलालीको धनगढीउपमहानगरपालिका वडा न. १ का १० जना, वडा न. २ र १२ का २र२ जना, वडा न. ४ र ५ का ३र३ जना, वडा न. ८,१५,१५ र वडा नखुलेका १र१ जना गरी धनगढीका २४ जना र गोदावारीका ८ जना, गौरीगंगा र स्थानीय तह नखुलेका १र १ गरी कैलालीका ३४ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी बाजुराका १ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस