फेसबुकको सर्वोच्च अदालतको रुपमा गठन गरिएको निगारनी बोर्डले पहिलो चरणका मुद्दाहरु छनोट गरेको छ । बोर्डले समीक्षाका लागि चयन गरेका मुद्दाहरु प्रयोगकर्ताले दायर गरेका हुन् । फेसबुकले आफ्ना पोष्ट हटाइदिएको भन्दै प्रयोगकर्ताले दर्ता गरेका निवेदनमाथि बोर्डले समीक्षा गर्नेछ ।

हटाइएका त्यस्ता सामाग्रीहरुमा स्तन क्यान्सर सम्बन्धी पोष्टमा राखिएका स्तनका तस्वीर देखि उइघुर मुसलमानमाथि भएको व्यवहारका सम्बन्धमा चीन विरुद्ध बदला लिन भन्दै गरिएको कार्य न्यायसँगत थियो कि थिएन भन्ने प्रश्नसँगै राखिएको एउटा बच्चाको मृत सरीरको तस्वीर रहेका छन् । बोर्डका अनुसार गत अक्टोबर यता यी र यस्तै गरी विभिन्न २० हजार उजुरीहरु फेसबुक प्रयोगकर्ताहरुबाट प्राप्त भएका छन् ।

फेसबुकको सर्वोच्च न्यायिक निकायको रुपमा गठित उक्त बोर्डले आम फेसबुक प्रयोगकर्ताहरुलाई आफ्ना उजुरी दर्ता गराउन आव्हान गरेको छ । उजुरीकर्ताहरुको नाम आगामी ७ दिनसम्म गोप्य राखिने प्रावधान रहेको छ । फेसबुकले उसका प्रयोगकर्ताहरुका सम्बन्धमा यसअघि गरेका कामकारवाहीका सम्बन्धमा पर्ने उजुरीमाथि उक्त बोर्डले गर्ने निर्णय बाध्यकारी हुनेछ । फेसबुकका यसअघिका निर्णयहरु बोर्डले उल्टाएमा बोर्डको आदेश कार्यान्वयन गर्न फेसबुक बाध्य हुनेछ ।

निगरानी बोर्डका सदस्य तथा डेनमार्कका पूर्व प्रधानमन्त्री हेल्ले थोर्निङ्ग स्कमिडट भन्छिन्, ‘फेसबुकले हाम्रो निर्णय मान्नु पर्दछ । अर्थात् हामीले आदेश दिएको खण्डमा फेसबुकले हटाइदिएका प्रयोगकर्ताका पोष्टहरु पुनस्र्थापित गरिदिनु पर्दछ । साथै बोर्डका निर्णयहरुलाई आगामी दिनमा नजिरको रुपमा समेत पालना गर्नुपर्नेछ ।’ बोर्डमा विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले निवेदन गरेको उनले जनाएकी छिन्।

बोर्डलाई फैसला गर्नका लागि कुनै निश्चित समय नतोकिएको भएपनि ९० दिनभित्रमा उजुरीहरुमाथि निर्णय गरिसक्ने अपेक्षा फेसबुकले गरेको छ ।

फेसबुकको सर्वोच्च अदालतले पहिलो चरणमा छनोट गरेकामध्ये ६ वटा मुद्दा यस्ता छन्ः

· मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदको ट्वीटको स्क्रिनसटसहितको फेसबुक पोष्ट । जहाँ उनले लेखेका छन्, ‘विगतमा भएको नरसंहारको बदलामा दशौँ लाख फ्रेन्चको हत्या गर्ने तथा क्रोधित हुने अधिकार मुस्लिमहरुमा छ ।’

· फेसबुकमा पोष्ट गरिएको एउटा मृत बच्चाको तस्वीर । जहाँ बर्मेली भाषामा सोधिएको छ, ‘युइघुर मुस्लिममाथि गरिरहेको व्यवहारका विरुद्धमा किन चीनसँग बदला लिइएन रु

· अजरबैजानको बाकुस्थित ऐतिहासिक चर्चका कथित तस्वीरहरु । जहाँ बाकु आर्मेनियालीहरुले बनाएको भन्दै चर्चहरु कहाँ गए रु भनेर सोधिएको छ ।

· इन्स्टाग्राममा राखिएका ८ वटा तस्वीरहरु । जहाँ महिलाका स्तन देखाइएको छ र पोर्चुगिज भाषामा स्तन क्यान्सरका लक्षणहका बारेमा बताइएको छ।

· नाजी जर्मनीकालिन सञ्चार मन्त्री गोएबल्सको भनाई उधृत गरिएको पोष्ट ।

· कोभिड–१९ को उपचारमा हाइड्रोक्सीक्लोरोक्विन र एजाइथ्रोमाइसिनको प्रयोगका लागि फ्रान्सले स्विकृति नदिएको सम्बन्धी भिडियो।बीबीसी

प्रतिक्रिया दिनुस