कञ्चनपुरमा एकै दिनमा ३६ सवारी कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त गस्तीले मंगलबार सवारी लोड भन्दा बढी मालसामान बोक्ने, यात्रा गर्ने गराउने र बिना कागजपत्र सवारी साधन चलाउने ३६ व्यक्ति उपर कारबाही गरेको हो। ६ वटा कोप्रो क्यामरा र ब्रेथलाइजर प्रयोग गरी संयुक्त चेक जाँच गर्ने क्रममा ३६ वटा सवारी चालकहरूलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता अमरबहादुर थापाले बताए। जसबाट १८ हजार राजस्व समेत सङ्कलन गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुस