प्रिमियर लिग फुटबल अन्तर्गत आज (सोमबार) राति साउथह्यप्टनले ब्राइजटनसँग प्रतिस्पर्धा गर्दैछ। ब्राइजटनको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार १ः४५ सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै साउथह्यप्टनलाई शीर्ष पाँचमा उक्लने मौका छ। लिगमा १० खेल खेलेको साउथह्याप्टन १७ अंकसहित तालिकाको आठौं स्थानमा छ। पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको १९ अंक छ।

यता ब्राइजटन पनि आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा रहेको छ। लिगमा १० खेल खेलेको ब्राइजटन १० अंकसहित तालिकाको १६ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुस