कञ्चनपुरमा आगो ताप्ने क्रममा एक महिलाको जलेर मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–६ प्रतिभानगर, टाउनमा आफ्नै घरमा आगो ताप्ने क्रममा ३५ वर्षीय गीता थापाको मृत्यु भएको प्रहरीले बताएको हो।

आगोमा परि गम्भीर घाइते भएकी थापालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुस