अछाममा कोरोना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ७४ वर्षीय पुरुषको कोरोना भाइरसबाट ज्यान गएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुष्प बहादुर बुढाले बताए ।

उनका अनुसार पौष ६ गते देखि जिल्ला अस्पताल अछाममा उपचाररत उनको बुधवार राति साढे ११ बजेतिर मृत्यु गएको हो । यो सँगै अछाम जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ । हाल अछाममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १६ सय २२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुस