प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गरेका छन्। आइतबार आफूनिटक विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिँदा उपद्रो मच्चाएको आरोप लगाए।

उनले आफूले प्रचण्डलाई कार्यकारीबाट हटाए पनि अध्यक्षमा भने यथावत् नै राखेको भन्दै पार्टीमा फर्कन आग्रह गरेका छन्। ‘कार्यकारी पद मैले दिएको थिए, कार्यकारी दिँदा अत्यन्त उपद्रो मच्चाउनु भयो’, प्रचण्डमाथि कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले कार्यकारी हटाइदिएको छु, अध्यक्ष यथावत छ, आउनुहोस्।’

प्रतिक्रिया दिनुस