कञ्चनपुरमा ज्यान मार्ने उद्योग मुद्धामा फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका –३ का बिरे विष्टलाइ कञ्चनपुर प्रहरीले ११ वर्ष पछि पक्राउ गरेको हो।

घटना भएको मिती २०६५ चैत २४ गतेदेखी फरार विष्टलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए। उनलाई पुनराबेदन अदालत महेन्द्रनगरले २०७० माघ ६ गते ४ लाख ५० हजार जरिवाना र १ महिना १५ दिनको कैद सजाय सुनाएको थियो।

पक्राउपछि विष्टलाई कारवाहीका लागि अदालतमा पेश गरिएकोमा उनलाई अदालतले कारागार चलान गरिसकेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुस