बैतडीमा कोरोना संक्रमितहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने र शक्ति दिने आयुर्वेदिक औषधि दिन थालिएको छ। जिल्लाको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका कोरोना संक्रमितहरुलाई यस्तो औषधि वितरण कार्य शुरु भएको हो। पाटन प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत रहेको आयुर्वेद शाखाले च्यवनप्रास, यष्टिमधु, क्रिकुट, गिलोय लगायतका रोगप्रतिरोधात्मक क्षमता बढाउने र शक्तिबद्र्धक औषधिहरु वितरण गरिएको केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए।

प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रबाट प्राप्त भएका यी औषधिहरु कोरोना संक्रमितहरुलाई प्रदान गर्ने कार्य भईरहेको उनले बताए। यस्तै दशरथचन्द नगरपालिकाले पनि नगर क्षेत्रका संक्रमितहरुलाई आयुर्वेदिक औषधि दिन थालेको नगरपालिकाको आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले जानकारी दिए। च्यवनप्रास, यष्टिमधु, क्रिकुट, गिलोय लगायतका औषधिहरु वितरण कार्य भईरहेको उनले बताए। यस्ता औषधिहरुले संक्रमितहरुको रोगप्रतिरोधात्मक क्षमता बढाउने अपेक्षा गरीएको छ।

प्रतिक्रिया दिनुस