नेपाली पक्षले दशगजा क्षेत्रमा भारतीय एसएसबीले बनाएको अस्थायी पोष्ट हटाउन लगाएको छ। बेलौरी नगरपालिका–१० संग जोडिएको सीमा रेफ्रेन्स स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बुधबार अस्थायी पोष्ट बनाएपछि अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुर र स्थानीयको संयुक्त टोलीले तत्काल हटाउन लगाएकोे हो।

सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट भुडा, प्रहरी चौकी भुडा, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुर र स्थानीयको संयुक्त टोलीले भारतीय एसएसबीलाई अस्थायी पोष्ट हटाउन लगाएको सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाले बताए। अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लबराज भट्टले अन्य स्थानहरुमा पनि दशगजा वा नेपाली भूमीभित्र भारतीय पक्षबाट यस किसिमका गतिविधिहरु गरिए तत्काल प्रतिबाद गर्न र सम्बन्धित सबैलाई सुचित गराउन स्थानीयवासीहरुमा अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया दिनुस