धनगढीमा नेकपाले गर्ने जनसभाको तयारी पूरा भएको जनाएको छ। बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि भोलि गर्ने जनसभाको तयारी पूरा भएको ओली पक्षीय नेकपाले जनाएको हो।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली भोलि बिहान श्रीएरलाईन्स मार्फत धनगढी आउने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा उधोग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ले जानकारी दिए। सभामा कैलाली कंचनपुर बाट स्थानीयको सहभागीता बढी रहने आयोजक ले जनाएको छ। प्रधानमन्त्रीले काठमाडौ बाहिर गएर सम्बोधन गर्ने पहिलो जनसभा भएकाले पनि धेरै को सहभागीता रहने मन्त्री भट्ट को दाबी छ। प्रधानमन्त्री भोलि नै कार्यक्रम सकेर काठमाडौ फर्किने कार्यक्रम रहेको छ। सभा दिउँसो १२ बजे देखि धनगढी खुल्लामन्चमा हुने जनाइएको छ।

प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि शुक्रबार करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ। प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय ‘हाई अलर्ट’ गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुस