पत्रकार महसंघ शाखा कञ्चनपुरको १९ औँ वार्षिक साधारण सभा शुक्रवार (आज) सम्पन्न भएको छ। भीमदत्त नगरपालिकाको सभा हलमा सम्पन्न १९ औँ वार्षिक साधारण सभाका सभापति पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी रहेका थिए। पत्रकार महासंघका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गोविन्द आचार्यले श्रमजीवी पत्रकारहरूको हकहितका लागी पत्रकार महासङ्घले कटिबद्ध भएर लाग्नुपर्ने बताए। उनले विज्ञापन ऐन समानुपातिक तरीकाले लागु हुनुपर्ने, कल्याणकारीकी कोषमा बार्षिक १० प्रतिशत जम्मा गरीने लगायतका प्रावधान महासङ्घले ल्याउनेमा प्रतिबद्धता जनाए।

अध्यक्ष आचार्यले पत्रकार महासङ्घले नै सङ्घीयताको अभ्यास गरेको बताए । ‘पत्रकार महासङ्घले मात्रै सङ्घीयताको अभ्यास गरेको छ, ‘अध्यक्ष आचार्यले भने, ‘जिल्ला, प्रदेश र केन्द्रमा तीन समितिको अभ्यास गरेको छ ।’ पत्रकार महासङ्घले आगामी नेतृत्वका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट अब तीनै तहका समिति चयन हुने अध्यक्ष आचार्यले बताए। उनले यस अघि पत्रकार महासङ्घ केन्द्रीय र प्रदेश समिति नेतृत्व समितिले नेतृत्व र चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिने बताए। कोरोनाका कारण समस्यामा परेका पत्रकारको उद्धार एव पारिश्रमिक उपलब्ध गराएको अध्यष आचार्यले बताए। साधारण सभामा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झाले पत्रकारले असल पत्रकार बन्न सुझाव दिए।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले पत्रकार र पत्रकारिताको विकासका लागि स्थानीय तहबाट सहयोगको बचन दिए। शुक्लाफाँटा नगरका मेयर दिल बहादुर दिल बहादुर ऐरले पत्रकार जगत र स्थानीय तह मिलेर अघि बढ्नुपर्नेमा जोडदिए। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णदेव भट्टले लोकतन्त्र रक्षाका लागि पत्रकारको अहम भूमिका हुने बताए। सुदूरपश्चिम विश्वविद्यालयका पत्रकारिता विषयका पत्रकार उमाकान्त जोशीले निष्पक्ष रूपमा मुद्दा उठानमा सुझाव दिए । राष्ट्रिय जनमोर्चा कञ्चनपुरका युवा नेता महेश राज जोशीले पत्रकार सबै दल एव विचारको मुद्दा उठानमा जोडदिए। काँग्रेस कञ्चनपुरका सचिव ईश्वर जोशीले निष्पक्षतामा जोडदिए। प्रेस संगठन कञ्चनपुरका सहसंयोजक राजेन्द्र प्रशाद अवस्थीले पत्रकार महासङ्घले पत्रकारको हक हितमा थप काम गर्नुपर्नेमा सुझाव दिए। प्रेस यूनियनका केन्द्रीय सदस्य हरिस भट्टले पत्रकारको हकहितमा जोडदिए। गैर सरकारी संस्था कञ्चनपुरका अध्यक्ष नरेश शिलालले कोरोनाका बेला पत्रकार अहोरात्र खटिएको बताए।

साधारण सभामा भीमदत्त,दोधारा चाँदनी, बेदकोट, शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी, बेलडाँडी गाउँपालिकालाई महासङ्घले सम्मान गरेको छ। पत्रकार महासंघको वृद्धि विकासमा सहयोग गरेको भन्दै प्रमाण पत्रबाट सम्मान गरिएको हो।

यस्तै महासंघका पूर्व अध्यक्ष राम बहादुर चन्द, चित्राङ्ग थापा, युवराज घिमिरे, हरि प्रशाद जोशी, लक्ष्मण तिवारी, स्व.पत्रकार कर्ण बोहरालाई मरणोप्रान्त सम्मान गरिएकोछ। बन्द सस्त्रमा सचिव अमर बहादुर चन्द र कार्यवाहक कोषाध्यक्ष भास्कर केसीले प्रस्तुत गरेको वार्षिक कार्य प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा उपाध्यायले स्वागत मन्तव्य राखेकी थिइन भने उपाध्यक्ष केशव साउद, सचिव अमर बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा महासङ्घ केन्द्र, प्रदेश एव जिल्लाका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, विभिन्न सरकारी निकायका पदाधिकारी सहित साधारण सदस्यको उपस्थिति रहेको थियो ।

साधारण सभामा सचिव अमर बहादुर चन्दले वार्षिक प्रगति र कावा कोषाध्यक्ष भास्कर केसीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नेछन। साधारण सभामा यस शाखाबाट केन्द्रीय सदस्य निर्वाचित भएका श्याम भट्ट लगायतका केन्द्रीय, प्रादेशिक पदाधिकारी लगायत सरकारी तथा गैर सरकारी संस्थाका पदाधिकारीलाई आमन्त्रण गरिएको छ। ०७३ फागुमा निर्वाचित पत्रकार महासङ्घ कञ्चनपुरको यो कार्य समितिको अवधि आउँदो फागुनमा सकिँदै छ। कोरोनाका कारण ६ महिना कार्यकाल थप भएको थियो।

प्रतिक्रिया दिनुस