बैतडीको दुर्गम सिगास गाउँपालिकाका स्वास्थ्य संस्थामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन भएको छ।
आर्थिक वर्ष २०७७र०७८ को विनियोजित बजेट बाट सिगास गाउँपालिकामा सञ्चालित यो कार्यक्रमले गर्भवती महिलाको जटिलता पहिचान, आमा र बच्चाको स्वास्थ्यको अवस्था पत्ता लगाउन कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कर्मी एवं गाजरी स्वास्थ्य चौकीकी अनमी दिपा भट्टले जानकारी दिइन्।
सिगास गाउँपालिकाको वडा नम्बर ९ देखि सुरु भएर वडा न. १ मा पनि कार्यक्रम सञ्चालन हुने शिवलिङ्ग स्वास्थ्य चौकी प्रमुख भिम सिंह ऐरले जानकारी दिए।
चौखाम स्वास्थ्य चौकीमा २६ र शिबलिङ्ग स्वास्थ्य चौकीमा २७ जना गर्भवती महिलाले चेक जाँच गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरी रहेकी स्वास्थ्यकर्मी भट्टले जानकारी दिइन्। प्रदेश सरकारको २२ दिने तालिम र सामाजिक विकास मन्त्रालयबाट १६ लाख बराबरको मेसिन सहयोग भएको उनले बताइन्।
प्रतिक्रिया दिनुस