अस्ट्रेलियन कम्पनी इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) को सहयोगमा चीनमा उत्पादन भएको खोप यहाँ क्लिनिकल ट्रायल गर्ने तयारी थालिएको छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही साताभित्रै नेपालमा आइभीआईको सो खोपको क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) शुरू गर्ने बताइएको छ।अष्ट्रेलिया कम्पनीको इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) र कोरियाली सहयोगमा चीनमा उत्पादन भएको सो खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमा क्लिनिकल ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले समेत स्वीकृति दिन उपयुक्त भएको ठहर गरिसकेको छ।

परिषदका प्रमुख रिसर्च अफिसर डा. मेघनाथ धिमालले तेस्रो फेजको क्लिनिकल ट्रायल बिरामीलाई नभई स्वस्थ व्यक्तिमाथि गरिने र त्यसको प्रभावकारिता हेर्ने बताए। उनले भने, ‘खोपको ट्रायल हुन लागेको भन्ने बित्तिकै मानिसमा बिरामीलाई नै दिने भन्ने छ, यो त्यस्तो हैन। स्वस्थ मानिसलाई खोप दिने र यसले कति काम ग¥यो भनेर हेर्ने हो।

नेपालमा कोरोना विरुद्धको खोपको तेस्रो फेजको क्लिनिकल ट्रायल निम्ति तयारी भएपनि सो खोपको फस्ट फेज र सेकेण्ड फेज ट्रायल यसअघि अष्ट्रेलियामा नै भइसकेको बताइएको छ। यो खोप हाल १२ देशमा क्लिनिकल ट्रायल भइरहेको र त्यसमध्ये नेपाल पनि एक रहेको विभागीय अधिकारीहरूले जानकारी दिएका छन्।

डा. धिमालका अनुसार स्वस्थ व्यक्तिमा मात्रै खोप ट्रायल गरिनेछ। उनले भने, ‘खोप मात्रै हैन, ट्रायलमा जाने औषधीहरू पनि स्वस्थ व्यक्तिमा प्रयोग गरिन्छ। मन्त्रिपरिषद्को स्वीकृति पर्खाइमा रहेको अस्ट्रेलियन कम्पनीको खोप कस्तो व्यक्तिमा परीक्षण गरिने भन्ने पूर्ण विवरण सरकारी अधिकारीहरूले खुलाइसकेका छैनन्। तर, त्रिवि शिक्षण र धुलिखेल अस्पतालमा १८ वर्ष माथिका केही स्वस्थ व्यक्तिमा ट्रायल खोप दिइने तयारी भएको बताइएको छ।

प्रतिक्रिया दिनुस