कञ्चनपुरमा २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय नागरिक समाज कञ्चनपुरले पृथ्वी जयन्तीको अवसरमा बृहत् कार्यक्रमको आयोजना गर्दे जयन्ती मनाएको हो।

नागरिक समाज कञ्चनपुरले सोमबार बृहत् ¥यालीको आयोजना गर्दे महेन्द्रनगरको मदन चोकमा परिणत भएर राष्ट्र निर्माता पृथ्वी नारायण साहको साहसको प्रशंसा गर्दे एकीकरणको विषयमा युवाहरूमा जानकारी छरेको छ। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले महेन्द्रनगरको महेन्द्र स्मृतिमा विशाल सभाको आयोजना गरेको छ।

No description available.

विपन्नलाई चाउचाउ वितरण

पृथ्वी जयन्तीको अवसरमा नेपाल नागरिक अभियानले विपन्न नागरिकलाई चाउचाउ वितरण गरेको छ। नेपाल नागरिक अभियानले कञ्चनपुरको भगतपुर ब्यारेक स्थित रहेको नेपाली सेनाको ब्यारेकमा रहेको पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गर्नुका साथै विपन्न नागरिकलाई चाउचाउ वितरण गरिएको हो।

नेपाल नागरिक अभियान कञ्चनपुरका अध्यक्ष दिवान सिह आग्रीले यस वर्ष फरक शैलीमा पृथ्वी जयन्ती मनाइएको बताए। उनका अनुसार नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण एव विपन्न नागरिकलाई एकता बारे जानकारी गराउँदै चाउचाउ वितरण गरिएको हो।

 

विसं १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा जन्मिएका पृथ्वीनारायण शाहले देशलाई गरेको योगदानलाई सम्भदै पृथ्वी जयन्ती मनाईन्छ । उनले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका विभिन्न राज्यहरुलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।  पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै सोमवार महेन्द्रनगर लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुस