नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ओली समुहको भेला शुरु भएको छ। सोमबार महेन्द्रनगरको भानु पार्टी पैलेशमा भेला शुरु भएको हो। भेलाको नेकपा केन्द्रीय स्थायी समिति संयोजक एव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यमा बैठक शुरु भएको छ। नेकपा कञ्चनपुरका अध्यक्ष बीर बहादुर थापाले बैठकको प्रारम्भ गर्दै सचिव, कार्यालय सदस्य सहितलाई कार्बाही गरिने र ४सय ५१ जिल्ला सदस्य थप गरिने बताए ।

नेकपा विषम र जटिल अवस्थामा रहेको बताउदै अध्यक्ष थापाले पार्टी एकतामा जोडदिए । भेलाको नेकपा जिल्ला सदस्य एव ओली समुहका केन्द्रीय सदस्य पल्लवराज भट्टले संचालन गरेको कार्यक्रममा पालिका, जिल्ला, प्रदेश, केन्द्रीय नेताहरुको सहभागिता रहेको छ। भेलामा नेकपा केन्द्रीय सदस्य महेश दत्त जोशीले सम्बोधन गर्दै पार्टी एकतामा जोडदिए।

प्रतिक्रिया दिनुस