कैलालीको गोदावरीमा ३० फिट  अग्लो नेपालको झण्डा राखिएको छ। थ्रीडीभिएल क्रियसनका आयोजना र नवादेव सेल्ताडा ट्रेड एण्ड सप्लायर्स, एसके हार्डवयरको सहयोगमा गोदावरीको पुरानो पुलमा झण्डा राखिएको हो।

सोमबार पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा सुदूरपश्चिमकै अग्लो नेपालको झण्डा राखिएको थ्रीडीभिएल क्रियसनले जनाएको छ। ३० फिट अग्लो खम्बामा ८ फिट लम्बाईको झण्डा राखिएको थ्रीडीभिएल क्रियसन निर्देशक दिपक ओझाले बताए । उनले गोदावरी क्षेत्र संगै पुललाई प्रर्यटकिय क्षेत्रका रुपमा प्रचार प्रसार गर्न झण्डा राखिएको बताए ।

प्रतिक्रिया दिनुस