प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएको छ। नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीका अनुसार गत मंसिरमा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिता र त्यसपश्चात सञ्चालन गरिएको क्याम्पमा गरेको प्रदर्शनका आधारमा १४ सदस्यीय टोली घोषणा गरिएको हो।

यस्तै ४ जनालाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ। सन्तोष भट्टको कप्तानीमा सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएको हो। उपकप्तानमा खडक बहादुर बोहरा, विकेटकिपरमा अर्जुन साउँद छन् । अन्य सदस्यहरुमा अरुण ऐरी, गजेन्द्र बोहरा, सञ्जु दमाई, सुरज तिरुवा,किरण ठगुन्ना,विनोद लामा,शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउँद र भोजराज भट्ट छनौट भएका छन्। यस्तै विरेन्द्र नाथ, दिपेन्द्र सिंह ऐरी,विक्रम थापा र विकास आग्री वैकल्पिक खेलाडीका रुपमा छनौट भएका नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।

टिम व्यवस्थापनकमा शेरसिंह खत्री र प्रशिक्षकमा विरेन्द्र शाही रहेका छन्। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि काठमाडौंमा हुुदैंछ । जसमा ३ विभागीय र ७ प्रदेश गरी १० टोली सहभागी हुने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेशले पहिलो खेल माघ ५ गते बाग्मती प्रदेशसंग त्रिवि क्रिकेट मैदानमा खेल्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुस