फाइल।

बाजुरामा भरुवा बन्दुकसहित चारजना पक्राउ परेका छन्। जिल्लाको बडिमालिका नगरपालिकामा तीन नाल भरुवा बन्दुकसहित चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बडिमालिका नगरपालिका-३ का ४५ वर्षीय नन्दु ल्वार, ४० वर्षीय वीरभाने ल्वार, सोही नगरपालिका-८ का ३० वर्षीय बलबहादुर थापा र ३० वर्षीय डम्बर थापा छन् ।

उनीहरूलाई रजालीबाट तीन नाल भरुवा बन्दुक, बन्दुकमा लाग्ने गोली ३९ टुक्रा, चार डिब्बा बारुद, फलामको बन्दुकको एक थान नाल र चापसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। सोमबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हतियारसहित पक्राउ गरेको हो। पक्राउ परेकामाथि हातहतियार खरखजना ऐनअनुसार अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस