संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाइ कालोझण्डा देखाएका छन्। प्रचण्ड–माधव समूहले प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्नुका साथै टायर बालेका हुन्। प्रचण्ड–माधव समूहले मन्त्री ठगुन्नालाई बाहुलीगाड नजिक कालो झण्डा देखाएको छ।

नेकपामा विभाजन देखिएपछि नेकपाको ओली समूहले बझाङमा शक्ति प्रदर्शनसहित आमसभा गर्न लागेको हो। जिल्ला सदरमुकाम चैनपुरमा नेकपा बझाङको आयोजनामा हुन लागेको बृहत आमसभालाई सम्बोधन गर्न मन्त्री ठगुन्ना बझाङ पुगेका हुन्। आमसभामा सहभागी हुन जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता सदरमुकाम पुगेका छन्।

बझाङमा नेकपाका ओली र प्रचण्ड(माधव समूहले गुटगत कार्यक्रम गर्दै आएका छन्। जिल्ला सदरमुकाम चैनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ। चैनपुरको लोकतान्त्रिक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला शान्ति व्यवस्थामा खलल पुग्ने र दुई समूहबीच झडपको स्थिति सिर्जना हुने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

प्रतिक्रिया दिनुस