कञ्चनपुर , असोज ५ ।  नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेशको बैठक सम्पन्न भएको छ । मंगलबार नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ अमरपुर कृष्ण सामुदायिक वनको भवनमा प्रदेश कमिटीको पुर्ण चौथो सम्पन्न भएको हो ।

बैठकमा अतिथि नेकपा क्रान्तिकारी माओवादी निवर्तमान सुदुरपश्चिम प्रदेश ईन्चार्ज अनुकूल अतिथि क्रान्तिकारी माओवादी सुदुरपश्चिम  प्रदेश इन्चार्ज तथा केन्द्रिय सदस्य डायमण्ड अतिथि क्रान्तिकारी माओवादी केन्दिय सदस्य तथा सुदुरपश्चिम प्रदेश सह इन्चार्ज बिक्रान्त केन्दिय सदस्य तथा सह इन्चार्ज लालिकिरण लगायत प्रदेश कमिटी सदस्य हरूको उपस्थिति रहेको थियो ।

बैठकले राष्ट्रियता जनतन्त्र जनजिविकाका लागि निरन्तर संघर्ष गर्ने सुदुरपश्चिम प्रदेशका सिमा समस्या समाधान गर्न सरकार लाइ दवाव दिने सङ्घर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यस्तै एमसिसी सम्झौता खारेजको माग गर्दै सङ्घर्ष गर्न क्रान्तिकारी माओवादीको  संगठन बिस्तार र संगठन पुनर्निर्माण  गर्न  देश भक्त जन गणतान्त्रिक मोर्चा नेपालको संगठन निर्माण सदस्यता वितरण गर्ने ,जवस मोर्चा निर्माण गर्न निर्णय गरेको सुदुरपश्चिम प्रदेश सेक्रेटरी राम बहादुर महरा चिन्तकले जानकारी दिनुभयो । बैठकले  गरिब किसानले समयमा मलखाद नपाउने समस्या समाधान गर्न संबन्धित निकायको ध्यानाकर्षण गराउने किसान लाइ मल खाद विउ बिजनको उचित व्यवस्थापनका लागि स्थानिय सरकार ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।

प्रमुख अतिथि मोहन वैद्य किरणले  जनता केहि भ्रममा रहेको बताए जव सम्म संसदिय ब्यबस्था समाप्त हुदैछ तव सम्म व्यक्ति फेरेर समस्याको समाधान नहुने बताए छन । संसदिय ब्यबस्था असफल भएको जिकिर गरे अव सबै देशभक्त क्रान्तिकारी पार्टी एक भएर व्यवस्था फर्न एक जुट हुनुपर्ने बताए । बिगत देखि पुराना दलका पात्र फेरिए पनि व्यवस्थामा परिवर्तन नआएको भन्दै अव एक चोटी सबै क्रान्तिकारी हरूको एकता अपरिहार्य रहेको बताए। जनताको जनगणनतन्त्र स्थापना गर्न संङघर्ष गर्ने पर्ने बताए।

कृष्ण सामुदायिक वन उपभोक्ता समिती अधक्ष्य दान बहादुर बोहरा सा.व का पदाधिकारीले क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश बैठको प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणलाइ स्वागत गर्दै खादा ओढाएर फुलमाला लगाई सम्मान गरेका थिए।  कृष्ण सामुदायिक वनका अध्यक्ष बोहरा लाइ  राष्ट्रियता जनतन्त्र जनजिविकाका लागि आ-आफ्नो क्षेत्रमा सबैले सहयोग गर्नुपर्ने सुझाव सल्लाह दिनुका अनुरोध गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुस