पदम महता /दम्माम ,साउदी अरब,
बैशाख ,४ ।खेलकुद बिकासमा नेपाली गैर नेपाली संघ स्थानीय समन्वय समितीले दम्माम मा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ।’तपाइहरूको सहभागिता हाम्रो सफलता ’ “ नेपाली खेलाडीहरूको कला र प्रतिभाको पहिचान एनआरएनए साउदीको अभियान ” भन्ने मुल नाराका साथ गैर आवासिय नेपाली संघ स्थानीय समन्वय समिति दमाम , साउदी अरेवियाले मे २ तारिखमा खुल्ला भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्न लागेको हो।

सूचना जारी गर्दै संघले सम्पूर्ण खेलाडीले प्रतियोगितामा सहभागी भइ आफ्नो कला र प्रतिभा लाई प्रदर्शन गर्न हुन सम्पुर्ण खेलाडी साथी भाईलाई प्रतियोगितामा सहभागिता जनाउन समेत आयोजक दम्माम एलसीसीका अध्यक्ष हरी थापाले अनुरोध गरेका छन् ।

प्रतियोगिता मे २ तारीख देखि दमाम ९१ को अलओजामी कम्पनीको पछाडि पट्टी रहेको खेल मैदानमा खेलाइने छ।
प्रतियोगितामा टिम दर्ता गर्नका लागि ०२ मे २०२२ बेलुका ५ बजे भित्र गरिसक्नुपर्ने आयोजकले जानकारी दिएको छ। जसमा टिम दर्ताका शुल्क तोकिएको छ । जसमा साउदीको सा रि ३ सय तोकेको छ।

प्रतियोगिता संचालनका खेलका नियमहरु सार्वजनिक गरेको छ्स। जसमा प्रत्येक प्रतियोगितामा नेपाली खेलाडीले मात्र सहभागिता हुन पाउने, खेलाडीले आफ्नो र समानको सुरक्षा स्वयम आफैले गर्नुपर्ने , टिम दर्तामा सूचिकृत भएका खेलाडीहरूले मात्र प्रतियोगितामा खेल्न पाउने ,टिममा अतिरिक्त खेलाडि र टिम क्याप्टेन समेत गरी जम्मा १० खेलाडी हुनुपर्छ । दर्ता भएका टिमहरूले मात्र खेलमा सहभागित जनाउन पाउने र खेलमा कुनै बिवाद आएमा अन्तिम निर्णय निर्णायक मण्डल तथा रेफ्रिको हुने जानकारी दिएको छ।

प्रतियोगिताको च्याम्पियन अर्थात विजेता टिमले २,०००.०० सा.रि. , खसी ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । भने उपविजेता उने टिमले १,३५०.०० सा.रि.ट्रफी , प्रमाणपत्र मेडल मा चित्त बुझाउने छन् । यसैका साथै प्रतियोगिताको तृतिय हुने टिमले पनि ७५०.०० सा.रि. ट्रफी , प्रमाणपत्र मेडल को समेत व्यवस्था रहेको आयोजकले बताएको छ।

कार्यक्रममा साउदी सरकारले गैर कानुनी कुनै पनि कार्य नगर्न र मादक पदार्थलाई समेत पुर्णरुपमा निषेधित गरिएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुस