आखिर के हो ? यो कुवाकोटी वाद!मनमा यो प्रश्नले
मलाई बेस्सरी गिजोलीरहेको छ । जुन अनुत्तरित गहिरो प्रश्न ?
कुवाकोट एक गाउँ को नाम हो । करिब सत्रौ अठारौं शताब्दी तिरको इतिहास हो ।जतिवेला नेपाल एकीकरण अर्थात राज्य बिस्तार भएको थिएन बाइसे,चौबीसे राज्य हरु थिए त्यही राज्य अन्तर्गत पश्चिममा डोटी राज्य थियो त्यही डोटि राज्य अन्तर्गत अवस्थित रहेको थियो ।

हाल बैतडी जिल्लाको पुर्चौंडीको कुवाकोट गाउँ जहाँको गाउँमा कुँवर थरका क्षेत्री जाति बस्छन कुँवर भनेको एउटा पदवी हो त्यो बेलाको लडाइँको पालामा लडाइँमा बहादुरी प्रदर्शन गरे बाफत प्रदान गरिने मानार्थ पद हो कुँवर! अर्थात पुर्खाहरूले काजी पनि भन्ने गरेको पाइन्थ्यो ।

कुँवर हरुको आफ्नै इतिहास र बलिदान छ जो यहाँ लेख्न अहिले सम्भब छैन ! चाहे जंग बहादुर कुँवर को राणा थर नामाकरणको कुरा होस चाहे बलभद्र कुँवर हरुको साहसी र बहादुरी पुर्ण कथाको कुरा होस तिनका आ-आफ्नै योगदान र महत्त्व छन म त्यतातिर जान्न चाहन्न ।

यहाँ चर्चा गरौ कुवाकोटी वाद को आखिर बैतडीको पुर्चौंडीमा व्यापक सुनिने कुवाकोटी वाद भनेको के हो ? के लाई कुवाकोटी वाद भनिन्छ ? किन कुवाकोटी वाद भनिन्छ ? कहिले बाट कुवाकोटी वाद भनिन्छ ? कसलाई कुवाकोटी वाद भनिन्छ ? यी अनगिन्ती अनुत्तरित प्रश्न हरुले मलाई पनि नराम्रो शीत गाँजेको छ ! त्यही दल,दलमा म पनि चक्रब्युमा जस्तै फसे ! हो मेरो घर कुवाकोट हो म कुवाकोट मा जन्मिए म एउटा ठिक्क लाउन खान पुग्ने सामान्य परिवारको मान्छे हो । मेरो पुर्ख्यौली परिवार पनि स्थानीय राजनीतिक कुल घरानको परिवार हो । जुन समयमा पहलवान अर्थात लडाकु बलवानको मुल्यांकन हुने गरिन्थ्यो त्यही बेलाको पहलवान हुनुहुन्थ्यो बाजे रन्जित कुँवर उनलाई कसरी ठिक गर्न सकिन्छ । भनेर स्थानीय शकुनिहरुको  योजनामा प्रवंच रचेर उनकै नजिकको मानिस मिलाएर उनको हत्या सम्भब भयो ।

त्यसपछि त्यो घटना त्यत्तिकै सेलायो आ -आफ्नो गतिविधिमा कुवाकोट शान्त हिसाबले अघि बढी रह्यो नेपालमा राजनीतिक परिवर्तन हरु हुँदै गर्दा राणा शाशनको अन्त पश्चात् पंचायती ब्यबस्था स्थापना भयो त्यो कालमा पनि पुर्चौंडीको कुवाकोट चर्चामा रह्यो एकातिर प्रधान पंच धने पन्त जी र अर्कोतिर बाजे हर्ष बहादुर कुँवर को राजनीतिले चर्चा पायो ।

जब बहुदलीय काल आयो प्रथम स्थानीय निकायको निर्वाचनमा पनि कुवाकोटमा तत्कालीन एमाले बाट बाजे राम बहादुर कुँवर जननिर्वाचित अध्यक्ष भए त्यसबेलामा पनि कुवाकोट गाउँ चर्चामै रह्यो जब यी सम्पुर्ण एकात्मक ब्यबस्थाका विरुद्ध महान जनयुद्धको शंखघोष भयो ।

बैतडीको पुर्चौंडी त्यस्मापनी कुवाकोट एकदमै चर्चामा रह्यो किनकी जनयुद्धको थालनीमा कुवाकोट बाट संस्थापक नेता हरु नै नेतृत्व कर्ताको भुमिकामा भए पछि चर्चा नहुने कुरै थिएन । झनै कुवाकोट जनयुद्धको आधारक्षेत्र त्यसमा पनि जिल्लाको हेडक्वाटर DHQ कुवाकोट भए पछि जनयुद्ध काल भरी कुवाकोट झनै चर्चाको शिखरमा रह्यो जसलाई जनयुद्धमा कालिकोट भनेर समेत परिचय गराइयो ।

साथै बैतडी जिल्लाका जनयुद्धका संस्थापक नेता रण बहादुर कुँवर र जनयुद्धको एक कुशल कमान्डर कमरेड बिजयसुन्दरको गाउँ भएर पनि होला कुवाकोट चर्चामै रह्यो। हुनपनी किन नहुनु जनयुद्ध पुर्व पुर्चौंडीको परिचय र जनयुद्ध पश्चात् पुर्चौंडीको परिचयमा धेरै भिन्नता भयो जनयुद्धका कमान्डर नरेन्द्र कुँवर बिजयसुन्दर ६४ सालको संबिधान सभाको निर्वाचनमा भारी मतका साथ संविधान सभा सदस्य मा निर्वाचित हुनुभयो ।

उहाँको कानुन निर्माण गर्ने कार्यकालमा भौतिक संरचनामा समेत बदलाव ल्याउनु भयो उदाहरणको लागि पुर्चौंडी कै गौरव पुर्चौंडी बहुमुखी क्याम्पस,RVWRMP को प्रोग्राम,डिलेश्वरी माबी को भौतिक संरचना निर्माण पुर्चौंडीमा नागरिकता बन्ने गरि इलाका प्रशासन कार्यालयको स्थापना,दुई जिल्ला जोड्ने जडिबुटी सडक लाई केन्द्रको रातो किताबमा राख्ने लगायतका थुप्रै उल्लेख्य काम हरु देख्न सकिन्छ ।

त्यसपछि ठिक दस वर्ष पछि ७४ सालमा पहिलो स्थानीय तहको निर्वाचन भयो उक्त निर्वाचनमा बैतडी माओवादी आन्दोलनका एक संस्थापक नेता रण बहादुर कुँवर नगर प्रमुखमा निर्वाचित हुनुभयो ।

उहाँको कार्यकालमा पनि केही उल्लेख्य परिवर्तनका कार्यहरु भए नगरपालिका भित्र प्रत्येक वडा हरुमा सडक संजाल,माननीय प्रदेश संसद लगायत नेता हरुको टिमको पहलमा ढोल्यामोड,हाट गोकुलेश्वर सडक लाई प्रदेश गौरवको सडकमा राख्ने कुरा,नगरपालिकाको केन्द्र लगायत केही वार्डमा विद्युतको बिस्तार,नगरपालिका केन्द्रमा शहरीकरणको अवस्था देखेर नगरपालिका सदरमुकाममा हाँट बृहत खानेपानी योजना,नगर शिक्षक व्यबस्थापन,प्रत्येक वार्डमा बर्थिङ सेन्टर हरुको स्थापना लगायतका थुप्रै काम हरु उल्लेखनीय रूपमा संचालनमा आइरहेको कुरा सर्वबिदितै छ ।

यो दुबै कालमा पनि कुवाकोट चर्चामा नै रह्यो ! देशमा चलेको भीषण जनयुद्ध कालमा म पनि राजनीतिक यात्रामा जोडिए मेरो स्कुल जिवनको क,ख देखि प्राथमिक तह सम्म त्यही कुवाकोटको तत्कालीन भुमिराज नि.मा.बि.मा अध्यन गरे गाउँको एकजना शिक्षक दाइ संगको स्थानीय अन्तर विरोधका कारण कुवाकोट स्कुल बाट एक घण्टा टाढाको ठूलो स्कुल हाँटमा अध्यन गर्न गए जहाँको डिलेश्वरी उ.मा.बि.मा मैले हाइ स्कुल अध्यन गर्दै गर्दा जनयुद्धको प्रभावका कारण जनयुद्धमा समाहित हुने अवसर पाए र म २०५८ सालमा wt होल टाइमर अर्थात भुमिगत भए बिद्यार्थी राजनिती बाट सुरु गरेको मेरो राजनीतिक यात्रामा जनयुद्धमा विभिन्न भुमिका निर्वाह गर्दै हाल माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य जनसाँस्कृतिक महा संघको केन्द्रिय उपाध्यक्ष र बैतडी जिल्ला पार्टीको सह-इन्चार्जको रुपमा जिम्मा लिइ काम गरिरहेको छु । अध्यनको क्रममा आफ्नो पढाइ राम्रो हुदाँहुदै भुमिगत भएर औपचारिक शिक्षा अध्यन गर्न नपाएको कारण मैले पढाइको महत्त्व बुझेर पुनः ५९ सालमा ब्रेक रहेको SLC लाई ६५ सालमा पास गरी औपचारिक अध्यन लाई जोइन गरेर आफ्नो औपचारिक अध्यन लाई पुनः शुरु गरेर त्यही डि‌लेश्वरी उच्च माध्यामिक विध्यालय हाँटबाट +2 अध्यन गर्ने अवसर पाए ।

त्यस पछि  पिथौरागढ डिग्री कलेजबाट बाट स्नातक हुँदै कुमाउ बिश्वबिद्धालय नैनिताल बाट स्नातकोत्तर सम्मको औपचारिक अध्यन पूरा गरे यो बिचमा थुप्रै कामहरु गरे राजनीति मुख्य कार्य संगै अन्य सामाजिक कार्यमा सरिक हुने क्रम चलिरह्यो पर्यटन प्रबर्द्धनको कार्य संगै प्रगतिशील गित संगीतमा निरन्तरता साथै रेडियो कर्मी भएर पनि आफ्नो पत्रकारिताको यात्रा लाई अघि बढाए ।

यसै सन्दर्भमा पार्टी नेतृत्व ले मेरो २१ वर्षको राजनीतिक यात्रामा मेरो योगदान र क्षमताको कदर गरि स्थानीय निर्वाचनमा मलाई योग्य ठानी हाम्रो पार्टीको तर्फबाट पार्टीको आदरणीय नेतृत्वले मलाई माओवादी केन्द्रको तर्फबाट नगर प्रमुखको लागी टिकट दियो र म आफ्ना योजना ,भिजन र बिकास निर्माणका प्रतिबद्धता हरु सार्वजनिक गरेर निर्वाचनमा होमिए निर्वाचन के र कसरी हारे त्यो कुराको समिक्षा गरेर पुनः सशक्त भएर यहाँ हरुको माझमा सच्चिएर आउने नै छु ।

यसको बहस पार्टी भित्र र शुभेच्छुक हरुको बिचमा हुनेनै छ। तर त्यही शिलशिलामा जब चुनावी प्रचारप्रसारको क्रममा पुर्चौंडीको केहि केहि गाउँ घर हरुमा कुवाकोटी वाद भन्ने शब्द व्यापक सुन्न पाए आखिर के रहे छ त ? कुवाकोटी वाद भनेको म आफै अचम्मित भएको छु। म सोचिरहेको छु आखिर यो प्रश्न कहाँ बाट उत्पन्न भयो,कसरी उत्पन्न भयो ! किन उत्पन्न भयो ? समाजमा दुई पैसाको योगदान नभए पनि बिरासतको आधारमा कुनै मानिस र समुदाय राजनीतिमा सफल भएको देखिन्छ । तर आफ्नो जिवनको उर्जाशिल समय समाज रुपान्तरणको अभियानमा ज्यानको बाजि लगाएर होमिन्छ मर्ने बाँच्ने ठेगान हुन्न तैपनि उ योद्धा जिवनमरणको लडाइँमा बाँचेर आउँछ फेरि समाजमा केहि फरक र नयाँ कार्य गरौं भनेर निस्वार्थ रुपमा लागि रहन्छ । उसलाई यस्ता यस्तै वाद हरुले आरोपीत गरिन्छ  र पछारिन्छ ! संसदीय राजनीति भित्रको चुनाव भनेको एउटा खेल हो उक्त खेल खेलिसकेपछी कि हार त कित जित हुने कुरा नै हो यस्लाई मैले सहर्ष स्वीकार गरेको छु ।  तर जुन कुवाकोटी वाद र कुँवर वाद भन्ने शब्द पछिल्लो समय पुर्चौंडीमा व्यापक सुन्न पाए यो बिषयमा गहन अध्यन छलफल र बिचार बिमर्श गरेर यस्को निराकरण तिर जानै पर्छ राजनीतिमा लागेको एउटा कम्युनिस्ट बिचार बोक्ने नेतालाई कुनै गाउँमा जन्मिएकै कारण यस्ता अनावश्यक वाद हरुको ट्याग लगाएर आरोपीत गर्न सकिन्छ त ? यो ठाउँमा म अर्थात हामी यस्मा जोडिएका मानिस बाहेक अरु मानिस हरु भए स्वीकार गर्न सकिन्थ्यो त ? यी र यस्तै प्रश्न बारे पुर्चौंडीमा व्यापक बहस गर्न जरुरी देख्दछु ।

जातको आधारमा राजनीति सफल हुन्छ भन्ने साथीहरू पनि पुर्चौंडीमा छन तर ती साथीहरू अहिले किन मौन छन के राजनीति जातकै आधरामा गरिन्छ त ? पुर्चौंडीका बौद्धिक र स्वतन्त्र युवा राजनीतिक बिस्लेशकहरु माझ यो प्रश्न राख्न आवश्यक ठान्दै यो इतियास लेख्न प्रयास गरे आखिर कुनै ब्यक्ति कुनै गाउँमा जन्मिएकै कारण कुनै थर भएकै कारण उसलाई राजनीतिमा त्यस्ता वादका ट्याग हरु लगाएर आफू सफल होलान त  ?यी गंभिर खालका अनुत्तरित प्रश्न हरु मैले बहसका लागि खुल्ला किताबमा राखे आफ्नो मत दर्ज गर्नुहोला !

लेखक नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा सम्पन्न स्थानिय तहको निर्वाचन पुर्चौडी नगरपालिका मेयरका उम्मेदवार बिक्रम कुवर प्रतिक हुन ।

प्रतिक्रिया दिनुस