कञ्चनपुर, माघ २९ , पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीमा बसको ठक्करबाट गुडिरहेको ट्रकले किच्दा एक युवकको मृत्यु भएको छ ।बुधबार साँझ से ३ प २३९४ नम्बरको मोटरसाईकलमा सवार महेन्द्रनगरदेखि धनगढी तर्फ गईरहेका कैलाली गोदाबरी नगरपालिका १०का ३२ बर्षिया मोहन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक चौधरी र सोही ठाँउकै मोटरसाईकल चालक २८ बर्षिया निराजन चौधरी सवारी मोटरसाईकलमा ना७ख ६५१६नम्बरको बसले ठक्कर दिदा उनीहरु सडकमै लडेका थिए ।

भने विपरित दिशाबाट आईरहेको से१त१२७३नम्बरको ट्रकको टायरले किच्दा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । कृष्णपुरका ट्राफिक प्रहरी इन्चार्ज बीर बहादुर विष्टले घाईते चौधरीको अत्तरिया स्थित अस्पतालमा उपचार भईरहेको बताए । ट्रक र बसका चालक सहित दुवै सवारी साधन इलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुस